अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले करिब २०० मतको अग्रता लिएको छ।
Advertisement
११ सय ३ मत गणना हुँदा गिलास चिह्नमा ५६३ मत परेको छ । एमालेले प्रमुखमा ३६८ प्राप्त गरेको छ।
उपप्रमुखमा माओवादीको ५६४ मत प्राप्त गरेको छ भने एमालेले १६७ मत प्राप्त गरेको छ।
वडा नं १ को वडा अध्यक्षमा भने नेपाली कांग्रेस अघि रहेको छ । कांग्रेसले ५२३ मत ल्याउँदा जनमोर्चाले ४१८ मत प्राप्त गरेको छ । एमालेले ५५ मत मात्रै ल्याएको छ ।