काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिकामा २ को वडाध्यक्षमा काङ्ग्रेसका हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका छन। वडामा काङ्ग्रेसले प्यानलै जितेको हो।
Advertisement
मेयरमा पनि कांग्रेसले सुरुवाती अग्रता लिएको छ।
गठबन्धनका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन्।
उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।