सर्लाही । सर्लाहीको बिष्णु गाउँपालिकाबाट प्रहरीले पेस्तोेलसहित एक भारतीयलाई पक्राउ गरेको छ। भारतीय नागरिक २१ वर्षीय संजय सिंहलाई नलकटुवा पेस्तोल १ थान र गोली ३ राउण्डसहित प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले बिआर ३० यु ९८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल फेला पारी मोटरसाइकल सहित चालक सिंहलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

