• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

स्थानीय निर्वाचनमा सहकार्य : तत्कालको अनिवार्य आवश्यकता


  •   बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित
  • जनक राज पौडेल

    Advertisement

    स्थानीय तहको चुनावमा राष्ट्रिय जनमोर्चाले अन्य चार राजनीतिक दलसँग चुनावी सहकार्य गरेको छ । यद्यपी देशका विभिन्न स्थानीय तहमा आफ्ना एकल उममेदवारहरु खडा गरेको अवस्था छ । स्थानीय तहको चुनाव उपयोग गर्दै गर्दा राजमो ले ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ संघीयताको खारेज गरौँ’ मूल नारा तय गरेको छ ।

    यहाँ स्पष्ट हुन जरुरी छ की स्थानीय तहको निर्वाचन गाउँका कुना कन्दराका जनतालाई अधिकार प्रत्याभुत गर्ने महत्त्वपूर्ण माध्यम पनि हो । जनता सचेत भई राष्ट्रियता जनतन्त्र र जनजीविकाको पक्षमा आवाज उठाउँदै आएका पार्टीलाई पहिचान गरी आफ्नो अभिमत दिनु पर्दछ । सही राजनीतिक दल र सही उम्मेदवार छनौटले मात्र जनताका कैयौँ समस्याहरु समाधान हुन सक्दछन् । यो एउटा महत्त्वपूर्ण अवसर पनि हो ।

    जुन–जुन राजनीतिक दलसँग राजमोले चुनावी सहकार्य गरेको छ, ती दलहरु संघीयताको पक्षधर राजनीतिक दल हरु हुन् । त्यसमा पनि माओवाादी केन्द्र र जनता समाजवादी पार्टी उग्र संघीयतावादी राजनीतिक शक्ति हुन् । प्रायः मधेशवादी पार्टीहरु बिगतदेखि नै पृथकतावादी सोच राख्दै आएका छन् । ती शक्तिहरुले स्थानीय तहलाई अधिकार सम्पन्न होइन कुण्ठित गर्न चाहन्छन् । र प्रादेशिक संरचना वा प्रदेश सरकारमा अधिकार केन्द्रिकृत गर्ने जोड दिन्छन् । त्यसको अर्थ स्थानीय तहलाई अधिकार विहीन बनाउँदै प्रदेशको नियन्त्रणमा रहनुपर्नेमा उनीहरुको जोड बल रहँदै आएको छ । उनीहरु हिमाल पहाड तराई मिश्रित प्रादेशिक संरचना होइन तराई मधेशका जिल्लाहरुलाई सिँगै मधेश प्रदेश हुनु पर्नेमा धेरै पहिला देखि नै जोड दिँद आएका छन् । ती जिल्लाभित्र पर्ने प्राकृतिक स्रोत साधनहरु प्रदेशको नियन्त्रणभित्र रहनु पर्ने र संघीय सरकारले पनि हस्तपेक्ष गर्न नपाइने वा प्रदेशलाई आत्मनिर्णयको पूर्णअधिकार हुनु पर्नेमा जोड दिँदै आएका छन् ।

    त्यस प्रकारको नीतिको ठिक विपरित राजमोले संघीयता खारेज, संघीय प्रणाली अन्तर्गतको प्रादेशिक संरचना खारेज र स्थानीय तहहरुलाई अधिकार सम्पन्न पार्नुपर्ने स्पष्ट नीति अपनाउँदै आएको छ । ती शक्तिहरुलाई राजमो र नेकपा (मसाल) ले प्रतिकृयावादी शक्ति भनेको छ । रणनीतिक रुपमा क्रान्तीको दुश्मन शक्ति मान्दछ ।

    त्यस्तै माओवादी केन्द्रसँग राजमोको सैद्धान्तिक मतभेद छ । उसलाई दक्षिणपन्थी अवसरवादी पार्टीको रुपमा विश्लेषण गरेको छ । तर जनवादी क्रान्तीको मित्रशक्ति मान्दछ । नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने प्रतिकृयावादी शक्ति हो । त्यो क्रान्तीको दुश्मन शक्ति भन्ने पार्टीले विश्लेषण गरेको छ । यस्तै, नेकपा एमाले दक्षिणपन्थी अवसरवादी पार्टी हो, तर जनवादी क्रान्तीको निम्ति मित्रशक्ति हो । भन्ने विश्लेषण छ ।

    उल्लेखित राजनीतिक पार्टीहरुको सन्दर्भमा नेकपा (मसाल)ले बिगतदेखि आफ्नो नीतिमा कुनै फेरबदल गरेको देखिन्न ।
    रणनीतिक सवालमा माथि उल्लेखित राजनीति पार्टीहरुको हकमा मसालको दृष्टिकोण र नीति कायम छ । अब हामी कार्यनीति सवालमा प्रवेश गरौँ ।

    हामीले एकपक्षीय ढंगबाट कार्यनीति र रणनीति कार्यक्रमलाई अन्धाधुन्ध प्रकारले वा सहि माक्र्सवाद लेनिनवादी द्वन्द्वात्मक दृष्टिकोण, अर्को प्रकारले भन्दा दुश्मन शक्तिसँगको संघर्ष एकता र संघर्ष, मित्र शक्तिप्रति एकता संघर्ष र एकता वा दुश्मन शक्तिसँग प्रधान पक्ष संघर्ष, र मित्र शक्तिसँग प्रधान पक्ष एकतालाई नजरअन्दाज गर्यौं भने, सहि निश्कर्षमा पुग्न सक्दैनौ ।

    पार्टीले विगतदेखि अपनाउँदै आएका कार्यनीतिक प्रश्नबारे केही संक्षिप्तमा चर्चा गर्ने प्रयेत्न गरौं । राजनीतिमा आग्रह पूर्वाग्रह चिन्तनको कुनै मान्यता हँुदैन । देशको तत्कालिन वस्तुगत परिस्थितिको ठोस विश्लेषण सहितको कार्यनीति त्यो पनि तत्कालिन पार्टीगत फाइदा वा घाटाभन्दा पनि बस्तुनिष्ठ र राष्ट्रिय आवश्यकता अनुसारको दूरदर्शी नीति नै मुख्य पक्ष हुन्छ ।

    नेकपा (मसाल) ले मात्र होइन विश्व कम्यूनिष्ट आन्दोलनमा घोर प्रतिकृयावादी दुश्मन शक्ति वा साम्राज्यवादी शक्तिहरुसँग सर्वहारा वर्गका महान नेता क. स्टालिन (रसिया) र माओत्सुङ (चीन) ले राष्ट्रियताको पक्ष र विश्व परिस्थितिमा आएका दुश्मन शक्तिहरूसँग सहकार्य गरेका इतिहास छन्। तर ती साम्राज्यवादी र प्रतिकृयावादी शक्ति वा राष्ट्रहरुलाई स्टालिन र माओले मित्र शक्ति मानेनन् । तथापि तत्कालिन परिस्थितिको विश्लेषण गरि कार्यगत एकता वा सहकार्य गर्न पूर्वग्रही रहित दृष्टिकोण अपनाउँदै तत्कालिन रुपमा मुख्य दुश्मनलाई परास्त पार्ने नीति अपनाएका थिए । यदि स्टालिन र माओले संकिर्ण नीति अपनाएका हुन्थे र जुन कुनै परिस्थितिमा पनि विरोधको लागि विरोध नै गर्नु पर्दछ भन्ने नीति अपनाउथे भने राष्ट्रियता नै गुम्ने वा विश्व नै तहस नहस हुने अबस्था सिर्जना हुने थियो होला ।

    साम्राज्यवादी वेलायत र अमेरिकासँग स्टालिनले सहाकार्यको नीति अपनाए पनि ती देशका शासकहरुलाई वा राष्ट्रलाई कहिल्यै मित्रशक्ति घोषित गरेका छैनन् । माओ त्सेतुङको सन्दर्भमा पनि जब जापानी साम्राज्यवादले चीनमाथी आक्रमण गर्न आयो चीनको प्रतिकृयावादी शासक च्याङकाईशेक अन्तिममा राष्ट्रिताको पक्षमा उभिन आइपुग । तत्कालिन चिनियाँ कम्यूनिष्ट पार्टीसँग राष्ट्रियताको सवालमा सहकार्य भयो । फेरि पनि माओ वा चिनियाँ कम्यूनिष्ट पार्टीले च्याङकाईशेकलाई कहिल्यै क्रान्तीको मित्रशक्ति घोषणा गरेनन् ।

    यी उपरोक्त दृष्टान्तहरुबाट पनि के स्पष्ट हुन्छ भने राजनीति राष्ट्रिय सापेक्षताको आधारमा पार्टीले कार्यनीति निर्धारण गर्ने विषय रहेछ भन्ने बुझिन्छ ।

    ती विषयलाई हामीले कति बुझ्न सकिन्छ र कसरी बुझ्ने भन्ने आ–आफ्ना अनुभव अध्ययन र दृष्टिकोणमा भर पर्ने कुरा हुन् ।

    देशमा अहिले स्थानीय तहको निर्वाचन हुँदैछ । राष्ट्रिय जनमोर्चा लगायत अन्य राजनीति दलहरु चुनावी प्रचार प्रसारमा मैदानमा होमिएका छन् । राजमो पाँचदलीय चुनावी गठबन्धनमा छ । नेपाली कांग्रेससहितको चुनावी गठबन्धनमा राजमो सहभागी हुँदा पार्टी विरोधी तत्वहरुले राजमोप्रति गैर राजनीति तुच्छ र पूर्वाग्रही चिन्तन प्रकट गरिरहेका छन् । त्यस प्रकारका चिन्तन कसरी गैरराजनीतिक र पूर्वाग्रहबाट प्रेरित छन् त केही चर्चा र स्मरण गरौं ।

    माथि पनि भनियो कि नेपाली कांग्रेस क्रान्तीको दुश्मन शक्ति हो त्यो आज पनि सत्य हो तर रणनीतिक सवालमा । कार्यनीतिक सवालमा नेपाली कंँग्रेससँगको सहकार्य यो स्थानीय तहको चुनावमा पहिलो हो त ? निश्चितरुपले होइन । पार्टीले २०४६ सालको जनआन्दोलनमा सहकार्य गरेको थियो । त्यसपछि कांग्रेसको शासनकालमा दमन ज्यादती, स्वेतआंतकको विरुद्ध पेचिलो संर्घष, भण्डाफोर, गरेको थियो ।

    पुनः २०६२/६३ को प्रतिगमन विरुद्धको आन्दोलनमा सहाकार्य भयो । देशमा गणतन्त्र घोषणा भएपछि मित्र शक्तिहरुले प्रस्तावित गरेका राष्ट्रपति विरुद्ध, कांग्रेसद्वारा प्रस्तावित राष्ट्रपतिको पक्षमा मतदान गर्यो । त्यति मात्र होइन अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि सम्भव भएका ठाउँमा आवाश्यकता अनुसार सहकार्य नीति खुला थियो । पत्रकार महासंघका चुनाव लगायत अन्य कतिपय सन्दर्भका निर्वाचन हरुमा पनि कांग्रेससँग सहकार्य हुँदै आएको छ । दुःखको कुरा वर्तमान परिस्थितिको मुख्य इस्युलाई विषायन्तर गर्दै अहिले पार्टीलाई कांग्रेसपरस्त भयो भन्दै भ्रमपूर्ण नियतले राजमोका अध्यक्ष चित्रबहादुर केसीको टाउकोमा कांग्रेसको रुख चिन्ह टाँस्ने गरेका छन् ।

    नेतृत्वलाई गाली गलौज र चरित्र हत्या गर्दैमा क्रान्तिकारी भइने भए झापाली गुटदेखि ४२ सालपछि मोहन वैद्य, प्रचण्ड, त्यसपछि पनि दोषारोपण गर्दै बाहिरिएकाहरु क्रान्तीकारी हुनु पर्ने हो । तर विडम्बना भन्नु पर्दछ । उनीहरु त अरु पतित भएको सतहमा नै छताछुल्ल भएको छ । तसर्थ राजनीति सिद्धान्त, विचार र स्थापित निश्चित प्रणालीद्वारा अघि बढ्ने हो । व्यक्तिगत रुपमा कस्लाई के लाभ वा फाइदा हुन्छ वा चित्त बुझ्दछ, कि मन दुख्छ त्यो सँग सम्बन्ध हुदैन । राष्ट्रिय राजनीतिक परिस्थितिको ठोस विश्लेषण गर्दै तत्कालिन इस्युको आधारमा कार्यनीति तय हुने हो र समग्र राष्ट्रिय आवाश्यकताको आधारमा सहकार्य सहमति हुने हुन्छ ।

    कतिपय अबस्थामा मित्र शक्तिहरुसँग निर्मम संघर्ष गर्नु पर्ने हुन्छ । माओवादीको द्वन्द्वकालमा उनीहरुसँग पेचिलो संघर्ष गर्नु पयर्ने । शान्ति प्रकृयामा आएपछि कतिपय अवस्थामा सहकार्य भयो । राजावादीहरुसँग तीब्र संघर्ष चल्यो । राष्ट्रिय हितको पक्षमा उनीहरुले उठाएका कतिपय कदमको समर्थन गरियो । नेकपा एमालेले सही गरेको महाकाली सन्धि लगायतको विरोध र भण्डाफोर गर्नु पर्यो ।

    पछिल्लो समयमा राष्ट्रियताका पक्षमा लिएको अडानलाई समर्थन मात्र होइन राजमो एमालेको सरकारमा सहभागी बन्यो तर तत्कालिन सरकारले लिएको गलत नीति जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणलाई उप प्रधानमन्त्री चित्रबहादुर केसीले विपक्षमा मतदान गर्नु भयो । माओवादी एमाले सँग राजमोले स्थानीय र प्रदेश संघीय चुनावमा सहकार्य गर्यो । एमाले–माकेको एकतापछि बनेको नेकपा सरकारका गलत कार्यशैलीको विरोध भण्डाफोर गर्दै समर्थन गर्यो । जब ७७ पुस ५ गते केपी ओलीले पार्टीभित्रको अन्तरकलह समाधान गर्न नसकि जनताको प्रतिनिधित्व गर्ने सार्वभौम प्रतिनिधि सभा विघटन गर्दै असंवैधानिक र अप्रजातान्त्रिक कदम उठाए, त्यसपछि राजमोले समर्थन फिर्ता लिँदै अन्य राजनीति पार्टीहरुलाई आन्दोलनका उपलब्धिको रक्षामा सहकार्य गर्नु पर्ने आवाश्यकता लाई जोड दियो ।

    अन्ततः अन्य राजनीति पार्टीहरु पनि आन्दोलनमा सहभागी भए । त्यहि आन्दोलनको जगमा बर्तमान सरकार बनेको हो । सरकारले गरेका कतिपय गलत निर्णय जस्तै एमसीसी अनुमोदनप्रति राजमोले गम्भीर असहमति राख्दै र खारेजको माग गर्दै त्यही कारणले पाँचदलीय गठबन्धनबाट बाहिरि सकेको छ । स्थानीय तहको निर्वाचनमा पाँचदलीय चुनावी गठबन्धनमा बनेको छ । ओलीको प्रतिगमनकारी सडयन्त्रविरुद्ध यो सहाकार्य अपरिहार्य महसुस गरिएको छ ।

    एमाले मित्र शक्ति हो परन्तु, आन्दोलनका उपलब्धि रक्षाको निम्ति नेपाली कांग्रेस लगायत दलहरु आन्दोलनमा आए । के देशको अहिलेको बस्तुगत परिस्थितिको आधारमा ती शक्तिहरुसँग सहकार्य गर्दै उपलब्धि रक्षा गर्नु गलत हो त ? एमाले वा ओलीका कदम ठिक थिए त ? मित्र शक्ति भएकै कारण आन्दोलनका उपलब्धि रक्षामा आएका शक्ति हरुसँग सहकार्य गर्नु गलत हो वा कांग्रेस पिछलग्गु भएको सावित गर्न सकिन्छ ? अहिले गठबन्धन गर्नु पर्ने बाध्यता र परिस्थितिको सिर्जना कुन अवस्थामा भयो ? एकोहोरो विरोध गर्ने हरुको ध्यान त्यता गए जस्तो लाग्दैन ।

    एमालेको गठबन्धन को सँग छ त ? राप्रपा, परिवार दल, लोसपासँग । नेकपा (मसाल) लाई चुनावमा भाग लिएकै कारण दक्षिणपन्थी स्वघोषणा गर्ने ‘क्रान्तिकारी’ मित्रहरु पनि एमालेसँग सहकार्य गरेका छन् ।

    क्रान्तीकारी स्प्रिट राख्ने साथीहरुप्रति सहानुभुति छ । बधाई दिन पनि हिचकिचाउनु पर्दैन । तर कुण्ठा र प्रतिशोधि चिन्तनले बस्तुस्थिति सहि तरिकाले विश्लेषण गर्न सम्भव हुन्न । कतिपय ब्यक्तिहरु त्यहि रोगले ग्रसित छन् । त्योबाट मुक्त नहुँदासम्म ब्यक्ति केन्द्रित गाली गलौज चरित्र हत्या धाकधम्की घुर्की मानसपाटलमा घुमिरहन्छन् । हरेक विषयलाई हेर्ने पूर्वाग्रहरहित आलोचनात्मक चेत हुनु पर्दछ । तब मात्र सिर्जना र विकास हुन्छ । नराम्रो भित्रको राम्रो र राम्रो भित्रको नराम्रो नदेख्ने दृष्टि आफँैमा खोटि हुन्छ ।

    अतः आशा गरौं एकताले नै लक्ष्यमा पुग्न सम्भव छ । अर्को कुरा पनि इतिहासले सावित गर्दै आएको ध्रुव सत्य हो हामी पछि हटे पनि वा थाके पनि महासमरको यात्रा निरन्तर अघि बढिरहन्छ ।

     

    बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.