इलाम । नेकपा (एमाले) को तर्फबाट सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Advertisement
गाउँपालिका–५ को जमुनामा बुधबार राति पैसा बाँड्न लागेको आरोपमा स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ ।
मौन अवधिमा दुवैजनालाई पैसा बाँड्न र प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले खेदाउन खोजेपछि सुरक्षाका लागि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै कारबाही गर्नसमेत उनीहरुले माग गरेका थिए ।