बेलरजाली मगर, भारत ।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका नेता दलबहादुर सोनीको असामयिक निधन भएको छ ।
Advertisement
मध्ये पश्चिमोत्तर क्षेत्रीय सल्लाहकार तथा नगर समिति नारनौलका उपाध्यक्ष एवं भूतपूर्व अध्यक्ष समेत रहनुभएका सोनीको ब्रेन हेम्ब्रेजका कारण उपचारको क्रममा बुधबार निधन भएको हो ।
६० वर्षीय सोनी शिला मल्टीस्पेशलिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँको परिवारमा श्रीमती, १ छोरा, बुहारी, नाती, ३ जना छोरीहरु हुनुहुन्छ ।
उहाँको पुर्ख्यौली घर अछाम जिल्ला थियो भने पाल्पा हुदै हाल रुपन्देहीको भलवाडीमा बसाइ थियो । रोजगारीकालागि सोनी भारतको हरियाना नारनौलमा सपरिवारसहित बस्दै आउनु भएको थियो ।