धनगढी । राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष एवम् घोडाघोडी नगरपालिका वडा नं १० का उम्मेदवार जगत प्रसाद जोशीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाताले हात कमाएर गलत चिन्हमा मतदान गरे पाँच वर्ष पुर्पुरोमा हात राख्नुपर्ने बताउनुभएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर जोशीले निर्वाचनमा गलत ठाउँमा मतदान नगरी आफूलाई जिताउन वडाबासीसँग आग्रह गर्नुभयो ।
जोशीले आफूले जिते वडामा के के गर्ने भन्ने प्रतिवद्धतासमेत सो अवसरमा जनाउनुभएको छ ।
उहाँले चुनाव प्रचारलाई भड्किलो बनाउने र पैसा खर्च गर्नेले चुनाव जितेर गए खर्च उठाउन भ्रष्टाचार गर्ने भएकाले सजगता अपनाउन आग्रह गर्नुभयो ।
घोडाघोडी नगरपालिकामा राजमो र नेकपा (माले)बीच चुनावी तालमेल भएको छ । नगरप्रमुखमा राजमोका मेर्जन शाही र उपप्रमुखमा मालेकी सीता चौधरी उम्मेदवार हुनुहुन्छ ।
वडा नं १० का उम्मेदवार जोशी स्थानीयस्तरमा जनतासँग सहज घुलमिल हुने नेता भएकाले पनि बलिाये उम्मेदवारका रुपमा हेरिएको छ ।