• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संघीयता बोक्नेको घाँटीमा अहिले हड्डी अड्केको छ : केसी


  •   मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता देशको लागि अफापसिद्ध भइसकेको बताउनुभएको छ ।

    Advertisement

    सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४ तिकुलीगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केसीले संघीयताका कारण मुलुक टाट पल्टने अवस्थामा पुगेको बताउनुभयो ।

    ‘अनावश्यक प्रदेश संरचनाले देशको प्रशासनिक खर्च बढेर गएको छ । विकासको रकम कर्मचारी र नेता पाल्न खर्च भइरहेको छ अझ नपुगेर तलब खुवाउनकै लागि विदेशबाट ऋण लिनुपर्ने अवस्था छ’ केसीले भन्नुभयो, ‘संघीयताले मुलुक टाट पल्टने अवस्थामा पुगेको छ । संघीयता बोक्नेहरुलाई यो घाँटीमा हड्डी बनेर अड्किएको छ ।’

    अध्यक्ष केसीले राष्ट्रियता जोगाउनका लागि पनि संघीयता र एमसीसी खारेज गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले स्थानीय निर्वाचन तोकिएकै समयमा हुन लागेकोमा सन्तोष व्यक्त गर्नुभयो ।

    जनताबाट चुनिएका प्रतिनिधि छनोट गरेर पठाएका प्रतिनिधि हरूबाट साशित हुन पाउनु जनताको नैसर्गिक अधिकार हो भन्दै
    कार्यपालिका, न्याय पालिका र व्यवस्थापिका ठिक ढंगले चले सुशाशन कायम हुने उहाँले बताउनुभयो ।

    केसीले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले देशलाई प्रतिगमनतर्फ धकेल्न खोजेकाले गठबन्धन गर्नुपरेको उल्लेख गर्नुभयो ।

    ‘अहिलेको संविधानमा कुसमयमा संसद भंग गर्न पाईंदैन । चुनावमा अर्बौं रकम खर्च हुन्छ । चुनाव भएपछि पाँच वर्षसम्म प्रतिनिधि सभाले काम गर्न पाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘२०७४ सालको चुनावमा वामपन्थीहरूको दुई तिहाई बहुमत आयो । तर, दुई वर्ष नहुँदै सरकार ढल्यो । आफूभित्रको अन्तरविरोध समाधान गर्न नसेकेर सबै ठाउँका सरकार ढल्यो । ओलीजीको अधिनायकवादी चरित्रका कारण नेकपा फुट्यो । उनकै कारण देशमा फेरि पनि प्रतिगमनको कालो बादल मडारिरहेको छ ।’

    अध्यक्ष केसीले विगतको उदाहरण दिँदै लोकतान्त्रिक र वामपन्थीहरुको सहकार्यले देशमा पञ्चायत ढलेको, प्रतिगमन पराजित भएको र संविधान निर्माण भएको स्पष्ट पार्नुभयो ।

    कांग्रस र माओवादीको अपरिपक्व ब्यवहारले राजमोलाई कतिपय जिल्लामा गठबन्धनबाट बाहिर राखेको उहाँले आरोप लगाउनुभयो ।
    फरक प्रशंगमा केसीले देशमा महंगी बढ्दै गएको, आयात बढेको र नेपाल जनशक्ति निर्यात गर्ने मुलुक बनेकोप्रति चिन्ता जाहेर गर्नुभयो । शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कार्यक्रममा राजमो जिल्ला अध्यक्ष बद्रे आलम, वामपन्थी नेता चेतनाथ आचार्य, तिलोतमा नगरपालिकाका मेयरका प्रत्यासी रूक बहादुर पराजुली, उपमेयरका प्रत्यासी शान्ता कुमारी घर्ती क्षेत्रीलगायतले सम्बोधन गर्नुभएको थियो ।

    राजमो नेता लालचन्द पन्तले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता तिलोत्तमा नगरपालिका वडा न १४ का वडाअध्यक्षका प्रत्यासी नर बहादुर थापाले गर्नुभएको थियो ।

     

     

     

    तुलसपुर १७ मा एमालेबाट वडाध्यक्षका उम्मेदवारको मृत्यु
    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका लवरु चौधरीको मृत्यु भएको छ।

    कलेजो र मिर्गौला रोगबाट पीडित चौधरीको ५३ वर्षको उमेरमा गएराति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

    नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई केही दिनअघि मात्रै काठमाडौं लगिएको थियो।

    उनको शव दाङ लगेर अन्तिम संस्कार गर्ने तयारी आफन्तले गरेका छन्।

    वडाध्यक्षका उम्मेदवारको निधन भएकाले तुलसीपुर उपमहानगरपालिका १७ मा निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन्।

    कुनै पनि राजनीतिक दलबाट उम्मदेवार बनेकाहरुको निधन भए सम्बन्धित ठाउँमा निर्वाचन कार्यक्रम स्थगित हुने कानुनी प्रावधान छ। तर, स्वतन्त्र उम्मेदवारको हकमा भने यो प्रावधान छैन।

    मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.