काठमाडौं । निर्वाचन आयोगले पाँच दलीय गठबन्धनका पक्षमा मत मागेका पत्रकारहरुका विभिन्न पाँच संगठनसँग स्पपष्टीकरण सोधेको छ।
Advertisement
पाँचदलीय चुनावी गठबन्धनमा रहेका दल निकट पत्रकार संगठनहरुसँग आयोगले आइतबार स्पष्टीकरण सोधेको हो।
नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा ९माओवादी केन्द्र०निकट प्रेस सेन्टर, नेकपा ९एकीकृत समाजवादी० निकट समाजवादी प्रेस संगठन, जनता समाजवादी पार्टी ९जसपा० निकट नेपाल प्रेस मञ्च र राष्ट्रिय जनमोर्चानिकट प्रगतिशील पत्रकार संघले शनिबार गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका थिए।
युनियनका अध्यक्ष बद्री सिग्देल, सेन्टरका अध्यक्ष विष्णु सापकोटा, संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, मञ्चका अध्यक्ष केशव अर्याल र संघका सचिव श्यामलाल पोखरेललाई २४ घण्टाभित्र लिखित जवाफसहित स्पष्टीकरण दिन निर्देशन दिइएको आयोगले जनाएको छ।