सर्लाही । माओवादी केन्द्रबाट वडाअध्यक्षको उम्मेदवारलाई विष खुवाइएको भन्दै सर्लाहीको हरिवन बजार तनावग्रस्त बनेको छ ।
Advertisement
हरिवन नगरपालिका वडा नं ११ का माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार मो. शेख इस्तिहारसहित तीन जनालाई विष खुवाएर बिरामी परेपछि माओवादी केन्द्रका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण हरिवन बजार तनावग्रस्त बनेको छ।
आइतबार विहान हरिवन–११ मा माओवादी केन्द्रले गरेको घरदैलोको क्रममा वडाअध्यक्षलाई विष खुवाइएको माओवादीले जनाएको छ । उनीहरुले एमाले उम्मेदवारको योजनामा विष खुवाएको माओवादीको आरोप छ ।
विषका कारण वडाअध्यक्ष उम्मेदवार इस्तिहारसहित ३ जना बिरामी परेका छन् । उनीहरुलाई उपचारका लागि बिरगञ्ज लगिएको छ ।
वडाअध्यक्षका उम्मेदवार इस्तिहारको अवस्था गम्भीर रहेको छ ।