गणेश अधिकारी, प्युठान ।
प्युठानको स्वर्गद्धारी नगरपालिका वडा नम्बर २ मा अखिल (छैठौं) को भेला सम्पन्न भएको छ । भेलाले किरण पुनको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा शिला नेपाली, सचिव विमल बुढा, सहसचिव रेस्मी पुन, कोषाध्यक्ष विष्णु बोम्पाल र सदस्यहरुमा श्रीधर राउ मगर,आरति रोका , प्रबिन पुन, भावना पुन, इन्दु घर्ती, अनिता खत्री, मुकुन्द पुन, ऋषिराम घर्ती, सन्देश प्रोखेल, नेत्र सार्की, लक्ष्मी नेपाली, निशा रोका, सुरेस घर्ती, सन्तोष रोका रहेका छन् ।
कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी र अखिल नेपाल शिक्षक संघ स्वर्गद्धारी नगरपालिका सदस्य सालिकराम पोख्रेलले विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
भेलामा स्वागत विष्णु बोम्पाल र अध्यक्षता विमल बुढाले गर्नुभएको थियो भने सन्चालन जिल्ला कोषाध्यक्ष लक्ष्मणले गर्नु भएको थियो ।