चितवन । चितवनको रत्ननगर नगरपालिकामा चारदलबीच तालमेल गर्ने सहमति भएको छ ।
Advertisement
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएर फिर्ता लिने समय घर्किसकेपछि चार दलले तालमेलको सहमति गरेका हुन् ।
रत्ननगरमा राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच तालमेल भएको हो ।
सहमति अनुसार राष्ट्रिय जनमोर्चालाई वडा नं ८ र १० मा एक–एक जना वडासदस्य दिइएको र कार्यपालिकामा लैजाने सहमति भएको राजमो नेता नरहरी पुरीले जानकारी दिनुभयो । वडा नं ८ मा राजमोको तर्फबाट तिलक पौडेल र वडा नं १० मा नारायण आचार्य वडासदस्यको उम्मेदवार हुनुहुन्छ ।
यसअघि राजमो रत्ननगरले नगरपालिकामा प्रमुख उपप्रमुखसहित विभिन्न वडामा उम्मेदवारी दिएको थियो । अब सो उम्मेदवारी निस्क्रिय बनाएर संयुक्त चुनावी कार्यक्रममा सहभागी भएको नेता पुरीले बताउनुभयो ।