काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–११ मा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
Advertisement
तीर्थ यात्रु सवार भारतीय नम्बरको बस र जिप एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।
बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकामा भारतीय तीर्थ यात्रु सवार बस र टाटा सुमो ठोक्किदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
मृत्यु हुनेमा टाटो सुमोमा सवार रहेका ६ वर्षीय बालकसहित ५ जना रहेका छन् । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।