नवलपुर । नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते भएका छन्।
Advertisement
झडपका क्रममा कांग्रेस उम्मेदवारको गाडीमा तोडफोड गरिएको छ । कांग्रेस गाउँपालिका अध्यक्षका उमेदवार लक्ष्मी पाण्डेको भाडाको ग ३ च १६०६ नम्बरको स्कार्पियोमा एमाले कार्यकर्ताले आक्रमण गरेको कांग्रेस नवलपुरले आरोप लगाएको छ ।
झडपका क्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार पाण्डेसहित प्रिन्स मल्ल, जीवन मल्ललगायत घाइते भएका छन् भने एमालेका मनोज गुरुङ, हरि केसी र चुडाबहादुर शेरपुन्जा मगर घाइते भएका छन् ।
घाइतेको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ ।
गएराति भएको झडपका क्रममा प्रहरीले उनीहरुलाई तितरबितर पारेको थियो ।