भक्तपुर । भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ।
Advertisement
भक्तपुर नगरपालिका–८ लिवालीमा गएराति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारका क्रममा कुसाथाको मृत्यु भएको उहाँले बताउनुभयो ।