काठमाडौं । भारतीय कंग्रेस आईका नेता राहुल गान्धी नेपाल आउनुभएको छ । एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन गान्धी नेपाल आएको स्रोतले जनाएको छ ।
Advertisement
स्रोतका अनुसार गान्धी आफ्नी नेपाली साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन यहाँ आउनुभएको हो । पूर्वनेपाली राजदूत भीम उदासकी पुत्री सुम्निमाको विवाह आउँदो मंगलबार काठमाडौंमा हुँदैछ । निमा मार्टिन शेर्पासँग उनको विवाह
हुन लागेको हो । सुम्निमा अमेरिकी समाचार संस्था सिएनएनकी पूर्वपत्रकार हुन् । गान्धीका साथमा अन्य तीनजना भारतीय पनि छन् ।
यसअघि गान्धी सन् २०१८ मा गान्धी चीनको मानवसरोवर जाने क्रममा नेपाल आउनुभएको थियो ।