खिमराज चालिसे,चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारको आयोजनामा १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।
मूलप्रवाह सुदूरपश्चीमोत्तर क्षेत्रीय समितिद्धारा संचालित हिसार नगरसमितिको आयोजना श्रमिक दिवस मनाइएको हो ।
कार्यक्रममा मूलप्रवाहका केन्द्रीय परिषद सदस्य केयरसिंह घर्तीमगर, मूलप्रवाह सुदूरपश्चीमोत्तर क्षेत्रीय सदस्य आत्माराम न्यौपाने, क्षेत्रीय महिला विभागकि डोलमाया विक, महिला नगर संयोजक निरु सारु, सदस्य दुर्गा ज्ञावली, नारायण विक, श्यामबहादुर बिक, ओमप्रकाश तिवारी, कमला बगाले, सागर भुसाल, किसन पौडयाल, दुर्गा तिवारी लगाएतका नेताहरुले मजदुर आन्दोलन बारे चर्चा गर्दै स्थानिय निर्वाचनको बारेमा समेत आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
नन्दबहादुर लम्तरीको अध्यक्षता, विष्णु गौतमको सञ्चालन तथा स्वागत बाबुराम पोख्रेलले गर्नुभएको थियो ।

