बेलरजाली मगर,जयपुर ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर र जयपुर दक्षिण नगर समितिको संयुक्त आयोजनामा १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।
प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य मोहन गिरीले मजदुरहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको सुविधा पंजीपतिहरुको दया मायाबाट नभई लामो वलिदानीपूर्ण आन्दोलनबाट प्राप्त गरेको बताउनु भयो।
उहाँले अहिले विश्वमा मजदूर आन्दोलन कमजोर भएको र पैुजीपतिहरुको बोलबाला भएको भए पनि त्यो कुरा क्षणिक भएको र मजदुर आन्दोलनको भविश्य उज्ज्वल भएको बताउनु भयो।
मूल प्रवाह केन्द्रीय परिषद सदस्य दीपा थापा, जनजाति केन्द्रीय विभागका ओम थापा, मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका सचिव नारायण ज्ञवाली, क्षेत्रीय समितिका सल्लाहकार बाबुराम थापा, जयपुर नगर समितिका संस्थापक सदस्य छविलाल उपाध्यायको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई महिला विभाग जयपुर दक्षिणबाट धनमाया थापा, रवि थापा, मानसरोवर टोल समितिका एनबहादुर थापा, ओम थापा (बी) ले पनि सम्वोधन गर्नु भएको थियो ।
दिलबहादुरको सञ्चालनबाट अघिबढेको कार्यक्रममा रिम रानाको अध्यक्षता र नारायण ज्ञवाली (ख) ले स्वागत मन्तव्य दिनुभएको थियो ।