प्युठान । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले संघीयता विरुद्व काठमाडौं केन्द्रित आन्दोलन तयारीलाई तिब्रता दिएको छ । सोही क्रममा आइतबार प्युठान र रोल्पा जिल्लाको संयुक्त भेला प्युठानमा सम्पन्न भएको छ। अखिल (छैठौं)का अध्यक्ष विमल पोख्रेलको प्रमुअ आतिथ्यतामा सम्पन्न भेलाले काठमाडौं केन्द्रित आन्दोलमा प्युठान र रोल्पाबाट बढी भन्दा बढी विद्यार्थी सहभागिता गराउने निर्णय गरेको छ ।
कार्यक्रमलाई अखिल (छैठौं) का महासचिव महेशराज जोशी, राष्ट्रिय जनमोर्चा प्युठान जिल्ला सचिव विदुर मल्ल, अखिल (छैठौं)का केन्द्रीय सचिव सुवास जिसीलगायत नेताहरुले भेला सफलताको शुभकामना दिनुभएको थियो । केन्द्रीय सदस्य सरोज न्यौपानेको सञ्चालनबाट अघि बढेको कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला अध्यक्ष खगेन्द्र विष्टले गर्नुभएको थियो भने स्वागत मन्तव्य केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष चोयलाल विकले गर्नुभएको थियो ।
भेलाले दुबै जिल्लाहरुको बैठक बसालेर व्यापक प्रचार प्रसार गर्ने र संगठन विस्तारको कार्यलाई तिब्र रुपमा अगाडि बढाउने निर्णयसमेत गरेको प्रदेश नम्बर ५ का इन्चार्ज महासचिव जोशीले जानकारी दिनुभयो ।



