काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभरि एकसाथ सुरु भएको छ । देशभरिबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थी परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
Advertisement
परीक्षाका लागि देशभरि २ हजार २७ परीक्षा केन्द्र तोकिएका छन् ।
यी विद्यार्थी १० वर्षअघि अर्थात् २०६९मा कक्षा १ मा भर्ना भई एसइईमा सहभागी हुन लागेका हुन् ।
२०६९ सालमा कक्षा १ मा १२ लाख ७६ हजार २ सय ४० विद्यार्थी भर्ना भएका थिए। तीमध्ये कक्षा १० मा एसइई दिनेहरू ४ लाख ९४ हजार ६ सय ८१ मात्र छन्।
कक्षा १ देखि १० सम्मको अवधि पार गर्दासम्म ७ लाख ८१ हजार ५ सय ५९ विद्यार्थी बीचैमा हराएको सरकारी तथ्यांक छ।

