• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनताको मतमाथि सत्ताधारीले खेलवाड गरे : कार्यकारी अध्यक्ष नेपाली


  •   आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
  • केरसिंह अदै, कपिलवस्तु ।
    राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सत्ताधारी दलहरुले नेपाली जनताको मतमाथि खेलवाड गरिरहेको आरोप लगाउनुभएको छ ।

    Advertisement

    आइतबार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा आयोजित राष्ट्रिय जनमोर्चाको चुनावी सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष नेपालीले नेपाली जनताले जहिले पनि परिवर्तनको लागि आन्दोलन गरेको तर सत्ताधारी हरुले जनताको आन्दोलन र मतमाथि खेलवाड गरेको बताउनुभयो ।

    उहाँले ठूला दलले नेपाल कृषि प्रधान देश भन्दै गरेपनि कृषिको लागि कुनै काम, योजना नल्यायको बताउनुभयो । समृद्ध नेपालको नारा ओकल्नेहरुले नै पचास लाख युवालाई खाडी मुलुकमा जान बाध्य पारेको उहाँको भनाई थियो ।

    कार्यकारी अधयक्ष नेपालीले कथित ठूला दलले नेपालको जल सम्पदा, कलकारखाना उद्योग बेच्ने काम गरेको, देशमा सीमा अतिक्रमण हुँदा नबोल्ने, एमसीसी जस्तो राष्ट्रघाती प्रावधानलाई स्वीकार गरेको बताउनुभयो ।

    उहाँले जनताले अबको निर्वाचनमा धेरै मूल्यांकन गरेर मात्रै भोट हाल्नु पर्ने बताउनुभयो । कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका केन्द्रीय अध्यक्ष बद्रे आलमले देशमा सिमित प्रकारको लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षतालाई समाप्त पार्न प्रतिगामी शक्तिहरू लागि परेको उल्लेख गर्दै यसको रक्षाका लागि पाँचदलीय गठबन्धन गर्नु परेको बताउनुभयो ।

    सभालाई राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छबिलाल गैरे, अखिल नेपाल किसान महासंघका उपा अध्यक्ष तथा सुकुम्बासी आयोग कपिलवस्तुका अध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष केर सिंह अदै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर प्रसाद खनाल, जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिल बहादुर विकले सम्बोधन गर्नु भएको थियो ।

    कायक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य नरबहादुर पुन, राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल सुनारको आतिथ्यता रहेको थियो ।

    राष्ट्रिय जनमोर्चा नगर अध्यक्ष केहर सिंह पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला कोषाध्यक्ष चेत नारायण खनालले र स्वागत राजमो शिवराज नगर समिति सचिव तथा रक्तिम सांस्कृतिक अभियान नगर अध्यक्ष बेगम बुढाले गर्नु भएको थियो ।

    आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.