मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितीद्वारा सञ्चालित दक्षिण नगर समितिको ११ औँ सम्मेलन पछिको दोस्रो भेला सम्पन्न भएको छ ।
भेलाको उद्घाटन गर्दै समाजका केन्द्रीय सदस्य एवम् मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेलले मूल प्रवाहको प्रवाहलाई रोक्न र छेक्न दुस्साहस गर्नेहरु इतिहासमा आफैँ बडारिएर गएको चर्चा गर्नुभयो ।संगठनविरुद्ध विभिन्न कोणबाट आक्रमण हुँदै आएपनि कार्यकर्ताहरुको सचेत भूमिकाको कारणले कुनै घुनपुत्लो लाग्न नसकेको बताउनुभयो ।
कथित क्रान्तिका ठूला ठूला कुरा गर्नेहरूको कार्यक्रम मसालको आठौं महाधिवेशनले पारित गरेको कुराकै वरिपरी घुमेको उहाँले बताउनुभयो ।
‘अहिलेको अवस्थामा चुनावलाई उपयोग गरेर जानुपर्छ अर्को विकल्प छैन भन्ने कुरालाई उनीहरुले दक्षिणपन्थी बताए । तर अहिले आफैँले स्वीकार गरे । यस्तो भद्दा मजाक र बेइमानी अरु के हुन सक्छ?’ उहाँको प्रश्न थियो, ‘दशकपछी जनताको विभिन्न चरणको बलिदानले प्राप्त भएको गणतन्त्रको आधारमा टेकेर अगाडिको योजनाको रुपरेखा निर्धारण गर्नु के दक्षिण पन्थी हो ?’
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै मूल प्रवाहका केन्द्रीय सदस्य फुलबिना पौडेलले पनि संगठनलाई ध्वस्त पार्न खोज्नेहरुसँग सचेत हुनुपर्ने बताउनुभयो ।
मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण बहादुर थापा, केन्द्रीय प्रतिनिधि तथा क्षेत्रीय सचिवालाय सदस्य के रतन सिंह, क्षेत्रीय सचिव तिलक राना, सांस्कृतिक क्षेत्रीय विभागको तर्फबाट संयोजक कृष्ण कुमारी लगायतका वक्ताहरुले बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।
वीर बहादुर विकको अध्यक्षता र चित्र बहादुर केसीको सन्चालनमा अघि बढेको कार्यक्रममा भुपाल ठाडा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो ।
नगर समितिको प्यानल केन्द्रीय प्रतिनिधि तथा क्षेत्रीय सचिवालय सदस्य के रतन सिंहले प्रस्तुत गर्नुभएको थियो ।
भेलाले वीर बहादुर विकको अध्यक्षतामा ११ पूर्ण ३ वैकल्पिक र ३ सल्लाहकार गरि १७ सदस्यीय नगर समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा तेजेन्द्र बहादुर क्षेत्री, सचिव भुपाल ठाडा मगर, सह सचिव टिकाराम थापा ‘तुफान’ कोषाध्यक्ष रन बहादुर पौडेल चयन हुनुभएको छ ।
सदस्यहरु राजु पौडेल, हरि बहादुर रेग्मी, जित बहादुर थापा, रामप्रसाद शर्मा गौतम, दिल प्रसाद शर्मा, तुलसी प्रसाद शर्मा, वैकल्पिक सदस्य वीर बहादुर विक, चन्द्र बहादुर लामिछाने, नवल सिंह थापा तथा सल्लाहकारमा गिर बहादुर कार्की, जुनु देवि थापा र ध्वज बहादुर विक रहनु भएको छ।