काठमाडौं । काठमाडौंका सडकमा मागिहिँड्ने ५५ जना बालबालिकालाई प्रहरीले उठाएको छ । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौं, नगर प्रहरी कार्यालय र विभिन्न बृत्तबाट खटिएको प्रहरीले उनहरुलाई सडक पेटीबाट लगेको हो ।
Advertisement
सडकमा मागेर यात्रुलाई हैरान पारेको तथा आवातजावतमा अबरोध पुर्याएको भन्दै ३३ बालक र २२ जना बालिकालाई लगिएको हो । ती बालबालिका खोजतलास केन्द्रमा पुर्याइएको छ ।
अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुको उचित हेरचाह, लालन–पालन, रेखदेख गर्न पनि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको छ । यसरी बालबालिकालाई माग्न पठाउने अविभावकलाई पनि प्रचलित ऐन, कानून अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।