• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

१०८ किलोको जलहरीले पशुपतिको होइन, मोदीको पूजा : अध्यक्ष केसी


  •   शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
  • रिसव आचार्य कपिलवस्तु ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हिन्दु धर्मका नाममा पुनः राजतन्त्र फर्काउने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

    Advertisement

    शुक्रबार कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित बैदोलीमा राजमोले आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष केसीले गणतन्त्र सिध्याउन खोज्नेहरू अहिले धर्मनिरपेक्षता हटाउन राजा आऊ देश बचाऊ भनिरहेको बताउनुभयो ।

    केसीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा जलहरी चढाएर नेपालमा हिन्दु राज्य र राजतन्त्र पुनर्स्थापना गर्न खोज्ने भारतलाई खुसी पारेको बताउनुभयो ।

    ‘कोरोनाले मुलुक थिलथिलो भइरहेका बेला वामपन्थी भन्ने केपी शर्मा ओलीले पशुपतिमा १ सय ८ किलोको जलहरी किन चढाउनु पर्‍यो ?’ केसीले भन्नुभयो, ‘त्यति महँगो सुन । त्यो पशुपतिको होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पूजा हो ।’

    अध्यक्ष केसीले वर्तमान सरकार मरमादेशबाट जन्मिएको भन्ने एमाले पनि सर्वोच्च अदालतको परमादेशबाट जन्मिएको पार्टी भएको बताउनुभयो ।

    ‘सर्वोच्चले एमालेलाई एमाले र माओवादीलाई माओवादी बनाएको वैधानिक हुने,’ केसीले प्रश्न गर्नुभयो, ‘तर, त्यही सर्वोच्च अदालतले फैसला गरेर बनाएको सरकारलाई परमादेशी भनेर होच्याउने कस्तो सोचाइ हो ?’
    माधव नेपाल र झलनाथ खनालले पार्टीमा विद्रोह नगरेको भए ओलीले अहिलेसम्म गणतन्त्र सिध्याइसक्ने केसीको भनाई थियो ।

    ‘एमालेको पार्टी र पदको झगडाको सिकार नेपाली जनता भए,’ उहाँले भन्नुभयो, ‘प्रतिगमनविरुद्ध सबै एक हुनुपर्छ भनेर जनमोर्चाले अग्रसरता लिएर सबैलाई एकजुट बनाएको हो ।’

    अहिले चित्रबहादुर कांग्रेस भयो भनेर प्रतिगामीहरू प्रचार गरिरहेको बताउँदै उहाँले प्रतिगमनविरुद्ध कांग्रेस, माओवादी र मधेसवादी एक भएकाले सहकार्य गरेको दाबी गर्नुभयो । यी पार्टीसँग धेरै असहमति भए पनि ओलीतन्त्रविरुद्ध एक भएको उहाँले स्पष्ट पार्नुभयो ।

    ०७४ को संसदीय निर्वाचनमा एमाले र माओवादी मिलेर चुनावमा जान थालेपछि आफूलाई कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुले मागेजति लिएर कांग्रेससँग सहकार्य गर्न आग्रह गरेको स्मरण गर्नुभयो ।

    ‘तर, म चोर चण्डाल भए नि वामपन्थीसँग मिलेर जान्छु भनेर हिँडे,’ केसीले भन्नुभयो ‘तर, ओलीले लगेर खाल्टोमा जाके ।’

    त्यस्तै, राजमो जिल्ला अध्यक्ष दधिराम आचार्य र जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासेले पनि सम्बोधन गर्नु भएको थियो ।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, नेकपा (मसाल)का जिल्ला प्रवक्ता छविलाल गैरे, राजमो लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतम, अखिल नेपाल महिला संघ जिल्ला सदस्य रिता पाण्डे, अखिल नेपाल युवक संघ जिल्ला सचिव विनोद परियार, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार मनबहादुर सिंजालि लगायतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रम राजमो नेता मुक्तिराम न्यौपानेको अध्यक्षता, डबल सिंह जिसीको स्वागत मन्तव्य तथा शशी सापकोटाको सञ्लनमा सम्पन्न भएको थियो ।

    शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.