गणेश अधिकारी, पोखरा ।
अखिल नेपाल महिला संघ कास्की जिल्ला सम्मेलनको तयारीमा जुटेको छ । शनिबार सम्पन्न संघको जिल्ला भेलाले चौथो जिल्ला सम्मेलन आगामी माघ ४ गते गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सांसद पियारी थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भेलाले सपना बरालको सयोजकत्वमा २१ सदस्यीय चौथो जिल्ला सम्मेलन तयारी समिति गठन गरकोे छ ।
समितिमा जमुना खत्री, लक्ष्मी कुँवर, शुसिला बिक, मिना लक्ष्मी, देविकला बिक, साबित्रा जिसी, यमादेवि पौडेल, साबित्रा केसी, तारा थापा, पार्बती पाठक, मिलन पौडेल, शान्ति गुरुङ, देबि अधिकारी, भिम कुमारी घर्ती मगर, सरिता श्रेष्ठ, बिष्णु नेपाली, पिना कला क्षेत्री, सीता शर्मा र इन्दु बराल रहनु भएको छ ।
भेलालाई राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, कास्की जिल्ला अध्यक्ष रबिमोहन ढकाल, अखिल (छैठैं) केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी र मिना लक्ष्मी लगायतले मन्तव्य राख्नु भएको थियो ।
भेलाको अध्यक्षता जिल्ला अध्यक्ष सपना बराल र सञ्चालन सचिव लक्ष्मी कुँवरले गर्नु भएको थियोे । कार्यक्रममा सहभागीहरुलाई स्वागत उपाध्यक्ष जमुना खत्रीले गर्नुभएको थियो ।