काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय यातायात प्राधिकरण गठन गर्न माग गरेको छ ।
महासंघका नवनिर्वाचित अध्यक्ष विजय बहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नु पर्ने बताउनुभएको हो ।
१० अर्बको स्वदेशी लगानी रहेको सार्वजनिक यातायात क्षेत्र सबै लगानीकर्ता, सरकार, जनता र मजदुर मिलेर पुँजीको संरक्षण गन आवश्यक रहेको अध्यक्ष स्वारको भनाइ छ ।
नेपालमा खरिद गरेर ल्याएका गाडीमा चल्ने २० वर्षको मापन अवधि वैज्ञानिक नभएको भन्दै अध्यक्ष स्वारले २० वर्ष अगाडि ल्याएका गाडी फाल्ने र ल्याउने काम तत्काल बन्द गर्नु पर्ने बताउनुभयो ।
त्यस्तै, अध्यक्ष स्वाँरले नेपालमा सम्पूर्ण सार्वजनिक यातायात नीजि क्षेत्रले चलाएको भएकाले निजी क्षेत्रको लगानी सुरक्षित र लगानी अनुसारको मुनाफा मुलुक हुनु पर्ने बताउनुभयो ।
अध्यक्ष स्वाँरले यातायात क्षेत्रमा देखिएका वैज्ञानिक भाडादर प्रणाली,सवारी दुर्घटना, यातायात सिन्डिकेट लगायतका समस्याको समाधानको लागि यातायात प्राधिकरण बनाएर एकद्वार प्रणाली मार्फत लागू गर्न सरकारलाई आग्रह गर्नुभयो ।
पछिल्लो समय अघिल्लो सरकारले सिन्डिकेटको नाममा समिति खारेज गरेर प्राली बनाएकाले यातायात क्षेत्रका ठूलो समस्या आएको र समिति खारेज गरेर सवारी दुर्घटनाको क्षेतिपूर्ति तथा उपचारमा समेत अन्योलता सृजना भएको अध्यक्ष स्वारको दाबी छ ।