काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । कोरोना महामारीका कारण पटक पटक सर्दै आएको नवौँ राष्ट्रिय खेलकुद आगामी जेठमा हुने भएको हो ।
Advertisement
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नवौँ राष्ट्रिय खेलकुद २०७९ जेठ २२ देखि २८ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको हो ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको प्रस्तावमा मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो ।
नवौँ खेलकुदलाई एशियाली खेलकुदको अन्तिम छनोटको रुपमा आयोजना गरिँदैछ । एसियाली खेलकुद २०७९ भदौ २५ गतेदेखि असोज ९ गतेसम्म चीनको हान्झाउमा हुनेछ । आठौं राष्ट्रिय खेलकुद २०७५/७६ मा नेपालगञ्जमा भएको थियो ।

