नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका वार्ड नं.१ मा राष्ट्रिय जनमोर्चाको वडा भेला प्रगति टोलमा सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष किसन बहादुर अधिकारी नेकपा (मसाल) जिल्ला प्रवक्ता धनपति सापकोटा, अखिल नेपाल किसान महासंघ अन्तर्गत सुकुम्बासी संघका केन्द्रीय उपाध्यक्ष उत्तमराज खरेललगायत नेताहरुले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियोे ।
भेला राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष मेघराज गौतमको अध्यक्षता, तिलक प्रसाद सुवेदीको सञ्चालन र सदस्य शेरबहादुर सूर्यवंशीको स्वागतबाट अगाडि बढेको थियो ।
कार्यक्रममा मेघराज गौतमको संयोजकत्वमा पाँच सदस्यीय स्थानीय निर्वाचन परिचालन समिति गठन गरिएको छ समितिको सदस्यहरुमा शेरबहादुर सूर्यवंशी, तारा गैतम, होमबहादुर पौडेल र ज्ञानबहादुर बराली रहनु भएको छ।
साथै भेलाले दानबहादुर बरालीको संयोजकत्वमा १३ सदस्यीय स्थानीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सदस्यहरुमा मेघराज गौतम, होमबहादुर पौडेल, तारा गौतम, बेल कुमारी थापा, अम्बर बहादुर बरालि, सोमा सुर्यवंशी, चन्द्रबीर सोमै, दूध बहादुर थापा, कुसुम विक, मकर बहादुर दर्जी, दुर्गा विक र नैना शाही रहनु भएको छ।