• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

इतिहासकै भद्दा र कुरुप दृश्य !


  •   बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरु लैनचौरस्थित भारतीय दूतावासमा लहरै बसेको फोटो सेयर गर्दै ट्वीटरमा लेख्नुभएको छ,

    Advertisement

    ‘नेपालको इतिहासमा आजसम्मकै सबैभन्दा कुरुप दृश्य– देशको प्रमुख र पूर्व प्रमुखहरू दूतावासको एउटा कर्मचारीको बिदाइ भोजमा । यस्तो कार्यक्रममा किन देशका प्रमुख पुग्नुभो हामीलाई जवाफ चाहिन्छ ।’

    मंगलबार साँझ नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले लैनचौरस्थित भारतीय दूतावासमा आयोजना गरेको बिदाई भोजमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारुढ र विपक्षी दलका प्रमुख नेताहरु गएका थिए । राजदूत क्वात्रा भारतीय विदेश सचिवमा बढुवा भएपछि बिदाइ पार्टी राखेका हुन् ।

    बिदाइ पार्टीमा प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्रीहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल  पनि सहभागी भए । यस्तै, गृहमन्त्री बालकृष्ण खाँणसहितका मन्त्री, सुरक्षा निकायका प्रमुख, कर्मचारी र अन्य मुलुकका राजदूतहरु पनि भोजमा सहभागी थिए ।

    सहसचिवस्तरको एउटा कर्मचारीले आयोजना गरेको भोजमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्री, सुरक्षा निकायका प्रमुख, कर्मचारीलगायत उपस्थित हुनु लज्जाको विषय भएको भन्दै सामाजिक सञ्जालमा कडा टिप्पणीहरु आएका छन् ।

    वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले ट्रवीटरमा लेख्नुभएको छ, ‘भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइ भोजमा प्रम देउवा,पुकदा र माकुने लाइन लागेर पुगेछन् । नेपाली राजदूतको विदाइ भोजमा प्रम मोदी आदि यसैगरी लाइन लागेर आउँछन् ? समानता र सम्मान दोहोरो कुरा हो । जो समानता र सम्मानको भावनाको लेसमात्र पनि पर्बाह गर्दैन, ऊ प्रभुको दास हो !’

    यस्तै, अखिल (छैठौं) का पूर्वअध्यक्ष विमल पोखरेलले फेसबुकमा लेख्नुभएको छ, ‘इतिहासकै भद्दा र कुरुप दृश्य । यो तस्बिरमा बाबुराम भट्टराई छुटेका छन् । एउटा सहसचिवसरहको भारतीय कर्मचारीलाई विदाइ गर्न बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मको लस्कर भारतीय दूतावास लैनचौरमा । यिनीहरूले सामूहिक फोटो पनि खिचेकै होलान् !’

    पोखरेलले सेयर गरेको फोटोमा भने विपक्षी दल नेकपा (एमाले) का संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ पनि देखिएका छन् ।

     

    देश लजाएको दिनः अप्रैल ११, २०२२! जनताले शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपाल सँग सोध्नु पर्छः लैनचौर को पार्टीमा जानुपर्ने कारण के थियो? र तपाइहरुलाइ पुनः निर्वाचित गरेर जनताले किन सत्तामा पुर्याउने?

    गणतन्त्र यत्ति गर्नलाइ हो भने जनताले चाहिंदैन भन्न पाउँछन्।

    — Nitin Dev (@Dev_Nitin_72) April 12, 2022

    बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.