चितवन । नेपाली कांग्रेस भरतपुर महानगरपालिका अन्तर्गत २९ वटा वडा सभापतिहरुले महानगरपालिकामा मेयर पदमा आफ्नै पार्टीको उम्मेदवार हुनु पर्ने अडान राखेका छन् ।
भरतपुरका २९ वटै वडाका कांग्रेस पार्टी सभापतिहरूको मंगलबार बसेको बैठकले मेयरमा कांग्रेसकै उम्मेदवार हुनु पर्ने निर्णय गरेको छ ।
बैठकको निर्णय वडा सभापतिहरुले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका छन् । निर्णय बुझ्दै जिल्ला सभापति खनालले आफ्नो चाहना पनि वडा सभापतिहरुको निर्णयसँग मेल खाने भन्दै निर्णय केन्द्रमा पठाउने प्रतिबद्धता जनाउनुभएको छ ।
सभापतिहरुको संयुक्त निर्णयविपरीत गठबन्धन गरे भरतपुर महानगरमा मेयर, उपमेयर र सबै वडामा अध्यक्षसहितका ५ जना उम्मेदवार खडा गर्ने चेतावनी उनीहरूको छ ।
मागविपरीत तालमेल भए गठबन्धनका सबै उम्मेदवारहरुलाई बहिस्कार गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठक वडा नम्बर १९ का पार्टी सभापति आशमान तामाङको अध्यक्षतामा बसेको थियो ।