काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल संगठनको जिम्मेवारीकाट बिदा हुनु भएको छ । सोमबारदेखि सेवानिबृत्त भएका महानिरीक्षक खनाल चार वर्षे कार्यकाल सकेर बिदा हुनुभएको हो ।
उहाँलाई फौजी परम्परा अनुसार बिदाई गरिएको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फुलमालाका साथ मायाको
चिनो प्रदान गर्दै बिदाई गर्नुभयो ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गर्नुभएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसैअवसरमा सांगठानिक बिकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेललाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरीमा सोमबारदेखि आईजीपी रिक्त भएपनि सरकारले आईजीपी नियुक्त गरेको छैन । अब एआईजी केसी र पौडेल मध्य एकजनालाई आईजीपी नियुक्त गर्नुपर्ने छ ।