बबिन शर्मा, बाग्लुङ ।
पछिल्लो समय नेपाली राजनीतिमा काम गर्ने भन्दा बढी झुटा आश्वाशन दिने गरेको उदाहरण गाऊँटोलमा छ्यापछ्याप्ती देख्न तथा सुन्न पाइन्छ । तर बागलुङको जैमिनी नगरपालिका वडा नं ९ का राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्ष भगिन्द्र कुमार थापा ‘बिरेन्द्र’ भने अलि फरक प्रकृतीको काम गरिरहनु भएको छ ।
स्थानीय क्लवको खेलमैदान निर्माण गर्न वडाध्यक्ष थापाले आफ्नो ब्यक्तिगत खर्च मार्फत डोजरको प्रयोग गर्नुभएको छ । ‘आफूले खेलमैदान निर्माण गर्न चुनावी प्रतिवद्धता गरेको भन्दै पटक–पटक नगरपालिकामा यो कुरा उठाए पनि टुक्रे योजना भन्दै नगरपालिकाले यसको सुनुवाई गरेन’, थापाले भन्नुभयो, ‘त्यसकारण म आफै निजी लगानीमा यसको निर्माण गर्न लागेँ ।’
यस भन्दा पहिले पनि थापाले बिभिन्न सामाजिक कार्यहरु व्यक्तिगत रुपमा गर्दै आउनुभएको छ ।
जनप्रतिनिधिहरुले जनताको विश्वास गुमाइरहेका बेला थापाको यो काम उदाहरणीय बनेको भन्दै जनताबाट निर्वाचित जनप्रतिनिधिहरु अध्यक्ष थापा जस्तै उदाहरणीय भए समाज रूपान्तरणमा ढिलाई नहुने स्थानीय जनताको भनाई छ ।

