• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सबैभन्दा बढी शान्ति सैनिक पठाउनेमा नेपाल दोस्रो, विदेशमा ७२ सैनिक र १३ प्रहरीको मृत्यु


  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
  • काठमाडौँ । विश्व शान्तिका लागि संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा खटिएका बेला मारिएका नेपाली सैनिकको संख्या ७२ पुगेको छ।
    कंगोमा विद्रोहीको आक्रमणमा परी बुधबार सिपाही अनिल गुरुङको मृत्युसँगै यो संख्या ७२ पुगेको हो ।

    Advertisement

    शान्ति मिसनअन्तर्गत विभिन्न मुलुकमा खटिएका नेपाल प्रहरीका ११ र सशस्त्र प्रहरी बल (एपीएफ) का २ जना पनि आक्रमणमा परी मारिएका छन्।

    नेपाली सेनाको विवरणअनुसार शान्ति मिसनमा खटिँदा सबैभन्दा पहिला सैनिक गंगाबहादुर दर्लामीको निधन भएको थियो। सेनाको ‘फस्ट राइफल गण’ का दर्लामी २०३६ पुस ५ गते लेबनानमा विद्रोहीको आक्रमणबाट मारिएका हुन्।

    यस्तै अहिलेसम्म शान्ति मिसनमा खटिएका ६६ नेपाली सैनिक घाइते भएको नेपाली सेनाले जनाएको छ।

    संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिक र पर्यवेक्षक सन् १९४८ देखि खटाउन थालेको हो। नेपाली सैनिक भने सन् १९५८ देखि शान्ति मिसनमा खटिन थालेका हुन्। सुरुमा नेपाली सैनिक लेबनानमा खटिएका थिए।

    नेपाली सेनाका अनुसार नेपालका तर्फबाट विभिन्न मुलुकमा शान्ति स्थापनाका लागि अहिलेसम्म १ लाख ४० हजार २ सय २ सैनिक खटिएका छन्, जसमा विश्वका ४३ मिसनमा शान्ति स्थापनार्थ खटिएका उनीहरूमध्ये १ हजार ८ सय ३८ महिला छन्।

    नेपाल गत वर्षदेखि शान्ति सैनिक पठाउने मुलुकको सूचीमा दोस्रो नम्बरमा छ।

    उक्त आँकडाले नेपाललाई बंगलादेशपछि सबैभन्दा बढी शान्ति सैनिक तथा प्रहरी उपलब्ध गराउने देशको सूचीमा पुर्‍याएको छ।

    नेपालले संयुक्त राष्ट्रसंघले अनुरोध गरेमा एक पटकमा १० हजारसम्म शान्ति सैनिक खटाउनसक्ने जनाएको छ।

    आकर्षक तलब र सुविधा हुने भएकाले शान्ति सेनामा सहभागिताप्रति नेपाली सेनामा उच्च आकर्षण रहेको पाइन्छ। प्रत्येक शान्ति सैनिकलाई मासिक १ हजार ४२८ डलर दिने निर्णय राष्ट्रसंघले गरेको छ।

    मिसनबाट खटिँदा सैनिकहरूबाट संकलित हुने रकमको निश्चित प्रतिशत सेनाले आफ्नो कोषमा जम्मा गर्ने गरेको छ। र, त्यसबाट प्राप्त हुने ब्याजबाट नेपाली सेनाले आफ्नो कल्याणकारी कार्य सञ्चालन गर्दै आएको छ ।

    बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.