निमबहादुर बुढामगर, काठमाडौँ ।
Advertisement
राष्ट्रिय जनमोर्चा, कैलालीले जिल्ला अध्यक्ष दयाराम सञ्ज्याललाई पार्टीबाट कारबाही गरेको छ।
पार्टीविरोधी गतिविधिमा संलग्न रहेको र बारम्बार सचेत गराउँदासमेत सुधार नआएकोले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको राजमो कैलालीले जनाएको छ ।
सोमबार राजमो कैलाली जिल्ला समितिको बैठकले अध्यक्ष सञ्ज्याललाई कारबाही गर्ने निर्णय गरेको हो ।
बैठकपछि जिल्ला सचिव जगतप्रसाद जोशीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय जनमोर्चा कैलाली जिल्ला समिति अध्यक्ष क. दयाराम सन्ज्याल बिगत केही समयदेखि लगातार संगठन विरोधी गतिविधिमा संलग्न रहँदै आउनु भएको र बारम्बार सचेत गराउँदा पनि उहाँको गतिविधिमा सुधार नआएकोले आजैका मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्काशन गरिएको जानकारी गराउँदछौँ ।’