जगतप्रसाद रेग्मी, काठमाडौँ ।
बागलुङको वडिगाड गाउँपालिका वडा नं ४ जलजलामा विभिन्न पार्टी परित्याग गर्दै ६७ जना राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् ।
वडामा भएको राजमो अगुवा कार्यकर्ताका भेलाका क्रममा एमालेबाट पूर्ववडा अध्यक्ष चित्र बहादुर र टोल सचिव शेर बहादुर थापा सहित ४६जना, नेपाली कांग्रेस बाट १० जना माओवादीबाट ७ जना र जसपाबाट ४ जना गरी ६७ जना राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज गौरीश्वर पाण्डे र नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेख बहादुर पाईजाले अविर र खादा लगाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा उहाँहरुले राष्ट्रिय जनमोर्चाको नीति र राष्ट्रियताप्रतिको प्रतिवद्धताका कारण यो पार्टीमा समाहित भएको बताउनुभएको थियो ।
राजमो वडा समितिका अध्यक्ष बिमल कुमार श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रीय सदस्य पाण्डे, मसाल प्रवक्ता पाईजासहित अखिल नेपाल शिक्षक संघ वडिगाड गाउँपालिका सदस्य लिल बहादुर श्रीस, जातीय समता समाज वडिगाड गाउँपालिका ४ का अध्यक्ष नर बहादुर विक, अखिल नेपाल महिला संघ वडिगाड गाउँपालिकाका अध्यक्ष शान्ति पुनको उपस्थित रहेको थियो ।
भेलाले विमल कुमार श्रीसको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन परिचालन समिति, शान्ति पुनको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति, शेर बहादुर श्रीसको संयोजकत्वमा १०५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति, शेर बहादुर थापाको संयोजकत्वमा २७ सदस्यीय स्वयंसेवक परिचालन समिति र मिना काउचाको संयोजकत्वमा ३३ सदस्यीय महिला परिचालन समिति चयन गरेको छ ।
जलजलामा टोल भेला सम्पन्न

यसै सन्दर्भमा जलजला टोल नम्बर ९ मा राजमोको टोल भेला सम्पन्न भएको छ । राजमो वडाअध्यक्ष विमल कुमार श्रीस र सचिव शेर बहादुरको उपस्थितिमा टोल भेला सम्पन्न भएको हो ।
भेलाले भुपाल सुनारको अध्यक्षतामा १३सदस्यीय टोल समिति गठन गरेको छ । जसको उपाध्यक्ष सरस्वती सुनार, सचिव दिपेन्द्र विक, कोषाध्यक्ष धनिकला सुनार, सदस्यहरुमा मन बहादुर सुनार, कल्पना पुन, खगी सुनार, सुमन दर्लामी, खिम बहादुर सुनार, पूर्ण सुनार, हिरा बहादुर सुनार र पुनाराम सुनार रहनुभएको छ ।