• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

चुनाव, मतदाता र उम्मेदवार


  •   शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
  • भीष्म जोशी 

    Advertisement

    आगामी २०७९ वैशाख ३० गते गाउँपालिका र नगरपालिकाको चुनाव हुन गइरहेको छ । राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा नयाँ संविधान जारी भएपछि दोस्रोपटक चुनाव सम्पन्न गर्न गइरहेका छौँ । संविधानले स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाएको छ । हामी यहाँ स्थानीय सरकारको अधिकारको बारेमा चर्चा गर्नपट्टि नलागी चुनावमै केन्द्रित हुन खोज्दै छौँ ।

    २०७४ सालमा तीन चरणमा सम्पन्न गरिएको चुनाव अहिले एकै दिन एकै चरणमा देशभरिका स्थानीय तहमा वैशाख ३० गते सम्पन्न हुन गइरहेको छ ।

    अब सम्पन्न हुने चुनावभन्दा पहिले सम्पन्न चुनावमा धेरै बाधा–अवरोध कायम भएका थिए । अब हुने चुनावमा त्यस्ता चुनौती अहिले छैनन् । जस्तो कि पहिलेको चुनावमा स्थानीय तहको सङ्ख्या बढाउनुपर्ने, सदरमुकामको विवाद, वडासङ्ख्याको विवाद, कर्मचारीको दरबन्दी र सङ्ख्याको विवाद, कानुनको अभाव, चुनाव नभएको हुनाले चुनावी प्रक्रियाको समस्या, नयाँ नेतृत्व र उम्मेदवारसम्बन्धी विवाद, सङ्क्रमण कालीन राष्ट्रिय राजनीति र लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय निकाय र जनप्रतिनिधिविहीन स्थानीय निकाय हुनाले २०७४ को चुनावमा आम रूपमा एउटा असमञ्जस्यता व्याप्त थियो । त्यसका बाबजुद स्थानीय निर्वाचन तीन चरणमा सम्पन्न भयो । स्थानीय चुनाव सम्पन्न भएपछि संविधान कार्यान्वयनको एउटा बलियो पाटोले दिशा समात्यो । स्थानीय चुनाव सम्पन्न भएसँगै थुप्रै आशङ्काको अन्त्य पनि भयो । देश संविधानबमोजिमको पद्धतिमा अगाडि बढ्यो । अहिले त्यो चुनावले पाँच वर्ष पूरा गरेको छ । यसमा कस्ता सफलता र असफलता भए ? ती समीक्षा गरेपछि थाहा होलान तर यो आलेख समीक्षा गर्नपट्टि लाग्नुभन्दा पनि अब के गर्नुपर्छ भन्ने आगामी दिशाका बारेमा दिशाबोध होस् भन्ने उद्देश्यका साथ अगाडि लेखिँदै छ ।

    २०७९ वैशाख ३० गते स्थानीय तहमा जनताले शासन गर्नका लागि आफ्ना प्रतिनिधि छानेर पठाउँदै छन् । हामीले केन्द्रमा मिश्रित निर्वाचन प्रणाली अपनाएका छौँ तर स्थानीय तहमा भने प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत पहिलो हुनेले जित्ने प्रणालीको माध्यमबाट आगामी चुनाव सम्पन्न हुँदै छ । यस प्रणालीमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचनमा विजयी हुन्छन्† बहुमतको आवश्यकता पर्दैन बरु अन्य उम्मेदबारले प्राप्त गरेको मतभन्दा एक मत मात्र बढी ल्याउने निर्वाचनमा विजयी हुन्छ । यसमा निर्वाचन आयोग, राजनीतिक दल र आम बालिग मतदाता निर्वाचन प्रक्रियामा सहभागी हुन्छन् । हामीले अपनाएको प्रणाली प्रतिनिधिमूलक शासन प्रणाली हो । प्राचीनकालमा प्रत्यक्ष लोकतन्त्र विकसित भएको उदाहरण पढ्न पाइन्छ भने अहिले पनि अमेरिकाका केही राज्य र स्विटजरल्यान्डका केही क्यान्टनहरूमा प्रत्यक्ष लोकतन्त्र कायमै छ । आधुनिक राज्यको विस्तार र जनसङ्ख्या वृद्धिका कारण प्रतिनिधिमूलक लोकतन्त्रको विकास भएको पाइन्छ ।

    प्रतिनिधिमूलक शासन सञ्चालनमा जनताको प्रत्यक्ष सहभागिता रहँदैन । यसका लागि जनताले आफ्ना प्रतिनिधिको निर्वाचन गर्दछन् र तिनै निर्वाचित प्रतिनिधिले शासन सञ्चालन गर्दछन् ।

    लोकतन्त्रमा मताधिकारको प्रयोग गर्नु नागरिक मतदाताको नैसर्गिक हक हो । यसलाई हाम्रो संविधानको प्रस्तावनाले नै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बालिग मताधिकार, आवधिक निर्वाचनको सुनिश्चितता गर्नुका साथै धारा २ मा नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा प्रत्याभूत गरेको छ । मौलिक हकअन्तर्गत राजनीतिक दल खोल्ने स्वतन्त्रता प्रदान गरेको छ । यसरी नेपाली जनता नै शासन सञ्चालनको केन्द्रमा रहेकाले हामी मतदाताले चुनावमा कसैको दबाब, प्रभाव, प्रलोभन वा अन्य अवाञ्छित गतिविधिबाट प्रभावित नभई सचेतता र स्वाभिमानका साथ आफ्नो विवेकको प्रयोग गरी गोप्य मतदानमार्फत आफ्ना प्रतिनिधिको चयन गर्न सक्नुपर्दछ ।

    संविधानले आवधिक निर्वाचनको व्यवस्था गरेको हुँदा मतदान हामी जहिलेसुकै गर्न पाउँदैनौँ । पाँच वर्षमा एकपटक मात्र हामीलाई मतदान गर्ने अवसर प्राप्त हुन्छ । मतदानको माध्यमबाट हामीले हाम्रा प्रतिनिधिलाई पाँच वर्षसम्म शासन गर्ने वैधता प्रदान गर्दछौँ । सोही मतदानको माध्यमबाट हाम्रा सम्पूर्ण इच्छा, आकाङ्क्षालाई ५ वर्षका लागि मतदानको बाकसमा कैद गरेर पठाउँछौँ ।

    हामीले हाम्रा प्रतिनिधिलाई भोट हालिसकेपछि फिर्ता गर्न सक्दैनौँ किनकि हाम्रा प्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था हाम्रो कानुनमा छैन । उनीहरूले जुनसुकै गलत काम गरे पनि हामीले फिर्ता बोलाउन सक्दैनौँ । त्यसैले मतदान गर्ने सम्पूर्ण मतदाताले निडरताका साथ मतदान गर्नुपर्ने हुन्छ ।

    हामीले मतदानमा सहभागी हुनु भनेको हाम्रा सामान्य रीतिरिवाज, चाडपर्व, भोजभतेरमा सहभागी भएर रमाइलो गर्नुसरह मात्र कदापि होइन किनभने मतदानमा सहभागी हुनु भनेको देशको राजनीतिमा प्रत्यक्ष सहभागी हुनु हो । आफ्ना प्रतिनिधिलाई अर्को चुनाव नआउन्जेलसम्म देश, गाउँ र नगरको शासनसत्ता सुम्पनु हो । त्यसैले हामीले पूर्ण सजगता र विवेकपूर्ण तरिकाले मत प्रदान गर्नुपर्दछ ।

    राजनीति यस्तो गम्भीर विषय हो, जसले देश र जनताको जीवन र भविष्यको फैसला गर्दछ । राजनीति नीतिहरूको राजा हो। राजनीतिले समग्र नीतिको नेतृत्व गर्दछ । यस्तो राजनीतिलाई डो¥याउने अन्तिम शक्ति लोकतान्त्रिक शासन प्रणालीमा मतदातामा निहित रहेको हुन्छ । त्यसैले चुनावका बेला उम्मेदवारले मत माग्न प्रकट गर्ने जुनसुकै प्रकारका भावना, संवेदना, आवेग, संवेग आदिको बहावमा नलागी मतदाताले देशको मालिकको हैसियतले जिम्मेवारी वहन गर्दै उम्मेदवारका लागि उसको अन्तर्वार्ताकारको रूपमा रहनुपर्दछ । मतदाताले उम्मेदवारसँग प्रश्न सोध्न र उम्मेदवारले ती प्रश्नको जवाफ दिन सक्नुपर्दछ । यदि उम्मेदवार मतदाताको प्रश्नमा उत्तीर्ण हुन्छ भने मात्र मतदाताले बल्ल मत दिनुपर्दछ । अहिलेको राजनीतिक सन्दर्भमा मतदाताले आफ्नो उम्मेदवारलाई कम्तीमा निम्न प्रश्न निडरताका साथ सोध्न सक्नुपर्दछ :

    ० राष्ट्रियता रक्षाका सन्दर्भमा तिमीले कसरी भूमिका निर्वाह गर्छौ ?
    ० कालापानी क्षेत्रमा बसेको भारतीय सेना फिर्ता गराउन सक्छौ कि सक्दैनौ ? हाम्रा मिचिएका सीमा जोगाउन सक्छौ ?
    ० विगतमा भएका असमान सन्धिसम्झौता खारेज गर्दै देशहित विपरीत भएका सन्धिसम्झौता देशहितअनुकूल बनाउन सक्छौ कि सक्दैनौ ?
    ० रष्ट्रिय स्वार्थलाई विश्व मञ्चमा प्रवद्र्धधन गर्न के कस्ता योजना र दृष्टिकोण बनाउँछौ ।
    ० महान् जनआन्दोलनका उपलब्धिको रक्षा गर्दै राजनैतिक स्थिरता दिने, जनतालाई शान्ति सुरक्षा र अमन चयनका साथ बस्ने वातावरण बनाउन के गर्छौ ?
    ० शिक्षा, स्वास्थ्य, आवासलगायतका नागरिकका आधारभूत आवश्यकता निःशुल्क गर्न कुन कुराले रोकेको छ र यसलाई निःशुल्क बनाउन सक्छौ कि सक्दैनौ ?
    ० सङ्घीयताले जनता र देशलाई कस्तो आर्थिक भार बोकाएको छ ? थाहा छ ? सङ्घीयता किन ?
    ० स्थानीय सरकारलाई थप अधिकारसम्पन्न बनाउन प्रदेश संरचना खारेज गर्न तयार हो ? प्रदेशरूपी सेतो हात्ती किन ?
    ० रोजगारी गर्न विदेश जानुपर्ने नेपाली युवायुवतीको बाध्यतालाई सम्बोधन गर्न सक्छौँ कि सक्दैनौ ?
    ० राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गराउँदै देशमा सुशासन, शान्ति र विकास निर्माण गर्न के कस्ता योजना बनाएका छौँ ?
    ० कानुनी शासनप्रतिको प्रतिबद्धता कसरी व्यक्त गर्दछौँ ? आदिइत्यादि ।

    उल्लिखित प्रश्नको जवाफ उम्मेदवारले प्रष्ट दिन सक्नुपर्छ किनकि यी प्रश्नको जवाफ सङ्घीयताको सवालभन्दा बाहेक संविधान र कानुनले प्रष्टताका साथ दिएको छ । संविधानमा ३१ ओटा मौलिक हकको व्यवस्था गरिएको छ । हामीलाई शासकहरूले गरिब, बेरोजगार, अशिक्षित, आवासविहीन, खाद्यान्नको अभाव, आवाजविहीन र विभेद अद्यापि कायम राख्दै यथास्थितिमा रहन बाध्य बनाइरहेका छन तर अब त्यसो गर्ने अधिकार कसैसँग रहेको छैन । ती अब कानुनी रूपमा दण्डनीय हुन् र कसैले शासक हुँ भन्दैमा उपर्युक्त कुरा कायम राखेर जनताको न्यून चेतनामा खेल्न खोज्नेलाई सिर्फ माफिया मात्र भन्न सकिन्छ, शासक होइन ।

    कानुनी राज्यमा कानुनको नजरमा देशको प्रथम नागरिक राष्ट्रपतिदेखि लिएर आम नागरिक समान छन् । त्यसैले कानुनको उल्लङ्घन गर्न कसैले पाउँदैनन् । हामीले निर्वाचित गरेर पठाउने प्रतिनिधि हाम्रा सेवक र कारिन्दा हुन, हाम्रा मालिक र शासक होइनन् । उनीहरूलाई हामीले भोटको माध्यमबाट शासन गर्ने बैधता प्रदान गर्छौँ र साथसाथै राज्य सञ्चालन गर्न, विकास निर्माण गर्न, हाम्रो आवश्यकता परिपूर्ति गराउन, हामिले सकी–नसकी करमार्फत् आर्थिक जोहो पनि गरिदिएका हुन्छौँ । मतदाताले यी गम्भीर विषयमा सधैँ चनाखो भई राख्नुपर्दछ र चुनावको दिन झन् गम्भीर भएर सोच्दै मत दिनुपर्दछ ।

    ० भोट हाल्दा हामीले यी विषयलाई मनन गर्दै सही राजनीतिक दल र तिनका उम्मेदवारलाई मत दिनु नै हाम्रो अहम् कर्तव्य पनि हो ।
    ० हामीले अन्ध समर्थन कसैको गर्नुहुन्न किनकि राजनीति भनेको व्यक्तिगत र पारिवारिक मामिला नभई धेरै उच्च स्तरको मामिला हो ।
    ० हामीले निम्न खाले उम्मेदवार र दलका प्रतिनिधिलाई चुनावमा पराजित गर्ने हिम्मत र आँट गर्नुपर्दछ ।
    ० जुन राजनीतिक दलले देशको अहितमा थुप्रै राष्ट्रघाती सन्धिसम्झौता गरेका छन्, ती राजनीतिक दलका उम्मेदवारलाई मत दिनुहुँदैन ।
    ० यदि उम्मेदवार विगतमा निर्वाचित व्यक्ति हुन् वा नयाँ उम्मेदवार हुन्, जेसुकै भए पनि उसले सामाजिक हित हुने के के काम गर्याे ? गरेका कामको विवरण माग्नुस् र जाँच्नुस्, ती विवरण कत्तिको साँचो र झुटा हुन् । यदि झुटा छन् भने त्यस्ता उम्मेदवारलाई मत नदिनुस् ।
    ० उसले आवश्यकताभन्दा बढी भड्किलो जीवनशैली अपनाएको थियो भने मत नदिनुस् ।
    ० पारिवारिक र नातेदारलाई मात्रै लाभका प्रदान गरिएको थियो भने मत नदिनुस् ।
    ० ऊ साँच्चिकै जनताको सेवक बनेको थियो वा थिएन ? मूल्याङ्कन गर्नुहोस्, पदमा रहँदा व्यक्तिगत र पारिवारिक हितभन्दा समाज र नागरिकको हितमा कति केन्द्रित थियो वा छ ? मूल्याङ्कन गर्नुहोस् ।
    ० उसमा राजनीतिक चेत, सामाजिक चेत छ, छैन ? लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहादत भएका, घाइते, अपाङ्गप्रति उसको श्रदा छ, छैन ? जाँच्नुहोस् ।
    ० नेपालको इतिहास, भूगोल, भाषा–संस्कृतिको बारेमा ज्ञान राख्छ: राख्दैन ? ख्याल गर्नुहोस् ।
    ० अबका उसका भावी योजना र दृष्टिकोण के कस्ता छन् ? सोधपुछ गर्नुस् ।
    ० जनताका दुःखसुखमा कति संवेदनशील हुने मान्छे हो ? जनभावनाको कदर कत्तिको गर्न सक्ने हो ? विचार गर्नुहोस् ।

    हामीले माथि उल्लेखित सवालको जवाफ भेट्यौँ  त ? सोअनुसार स्वमूल्याङ्कन गरेर मात्रै ढुक्क भई मतदान गर्याैँ भने मात्र हामीले सही उम्मेदवारलाई मत दिन सक्छौँ र सही प्रतिनिधि छनौट भई सही व्यक्तिले शासन गर्न पुग्दछन् । देश र जनताप्रति समर्पित प्रतिनिधिले मात्र हामीलाई र हाम्रो देशलाई नेतृत्व गर्दै अबका पाँच वर्षभित्रमा देशलाई निम्न गन्तव्यमा पुर्याउन सक्दछन् ।

    ० सामाजिक सुरक्षा, जसलाई हामीले वृद्ध, एकल महिला, अपाङ्ग, बेरोजगार, गरिब, श्रमिकलगायतका भत्ताको रूपमा बुझ्ने गर्दछौँ, सो भत्ता सही तरिकाले प्रदान हुन्छ र सामाजिक सुरक्षामा देशको बजेटको प्रतिशत उल्लेख्य तरिकाले वृद्धि भएको हुने छ ।
    ० भ्रष्टाचार न्यून हुन गई राज्यको स्रोतसाधन उपयुक्त ढङ्गले परिचालन भई विकास निर्माण कम्तीमा अहिले भइराखेकोभन्दा दुई गुणा बढी गुणस्तरीय र तीव्र गतिले भएको हुने छ ।
    ० शिक्षा, स्वास्थ्य, आवास, यातायातलगायतका आधारभूत कुरा निःशुल्क भएको हुने छ । समाजमा व्याप्त भ्रष्ट सोचको अन्त्य भई सदाचारी सोचको विकास भएको हुने छ ।
    ० सार्वजनिक सेवाप्रवाह छिटोछरितो र प्रभावकारी भई सरल र सहज पहुँचमा पुगेको हुने छ र गुणस्तरीय हुने छ ।
    ० राष्ट्रिय हितका विषयमा सम्बोधन भएको हुने छ र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढ्ने छ ? नेपाल गरिब राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति भएको हुने छ ।
    ० समाजमा पुँजीको सही परिचालन भई बेरोजगारी कम्तीमा आधाले घटेको हुने छ ।
    ० रोजगार गर्न मात्र हाम्रा युवायुवतीले सम्पूर्ण घरपरिवार, आफन्त र देश छोडेर बिदेसिनुपर्ने पीडाको अन्त्य हुँदै जाने छ र स्वदेशमै रोजगारीको सिर्जना भई राष्ट्र निर्माण गर्ने संस्कृतिको विकास भएको हुने छ ? स्वदेशमै रोजगारी प्राप्त हुने सम्भावना रहने छ ।
    ० समाजका हरेक क्षेत्रमा सकारात्मक विकास देखा पर्दै जाने छ र यसले कानुनी शासन र लोकतन्त्रलाई बलियो बनाउँदै जनजीविका सहज बन्ने छ ।
    किनकि हामी र हाम्रो देशमा निम्न कुराको प्रबल सम्भावना रहेको हामी सबैलाई अवगत नै छ । अभाव छ त केवल देश बनाउने दृढता र निडरता भएको नेतृत्वको ।
    ० हामी नेपालीमा राष्ट्रप्रेम र राष्ट्रिय एकता बलियो छ ।
    ० देशविकास गर्न संविधान र कानुनले प्रष्ट दिशानिर्देश गरिरहेको छ । हाम्रा अन्तर्राष्ट्रिय मित्रराष्ट्रहरू सहयोग गर्न तत्पर छन् र निजी क्षेत्र सहयोगी छ ।
    ० कृषि, खानीजन्य, वन, पर्यटन, संस्कृति र प्राकृतिक स्रोतसाधनमा हामी विश्वमै अव्बल छौँ ।
    ० हामीसँग जलस्रोत, विद्युतीय ऊर्जामा हामी धनी छौँ ।
    ० यसलाई पुँजी र आधुनिकतामा रूपान्तरण गर्नका लागी परिचालित हुने मानवश्रोत इतिहासमै जनसाङ्ख्यिक लाभका दृष्टिकोणले ४२ प्रतिशत बढी युवा जनशक्ति हामीसँग तयार छ ।

    समग्रमा, हामी अविकसित र गरिब छाँै र भइरह्यौँ । कारण के हो ? नेताहरूले देश बिगारे ती हामीले भनेका र ठान्दै आएकाहरू नेता थिए वा दलाल वा अरू यस्तै के थिए ? सोधखोज गर्दै नगरी आफ्नै भाग्य र आफैलाई धिक्कार्दै र तिनै दलाललाइ नेता मान्दै भोट हाल्दै आयौँ ।

    आलोचनात्मक दृष्टिकोणले कहिल्यै हेर्न खोजेनौँ वा सकेनौँ । केवल सतिले सरापेको देश मात्र भनिरह्यौँ, सही मात्र रह्यौँ तर समाधान खोज्ने प्रयास कहिल्यै गर्दैनौ कि ? समाधान खोज्ने जिम्मा मतदाताकै हो । मतदाताले देशनिर्माणको बारेमा सोच्न जरुरी छ । हामीले जुन दललाई विगतका चुनावमा पटक पटक बढी मत प्रदान ग¥यौँ र तिनै दलले पटक पटक शासन सञ्चालन गरे तिनै दलहरूले हामी र हाम्रो देशलाई यो दयनीय अवस्थामा राखी रहे, जसका कारण देश र जनताको अवस्था यथास्थितिमा रहिरह्यो र जनजीवनमा सकारात्मक परिवर्तन भएन ।

    यदि हामीले विगतमा जस्तै ठुला बनाएका दललाई नै मत दिने हो भने हाम्रो देश उभो होइन, झन् अधोगतिमा लाग्ने निश्चित छ । त्यसैले हामीले भन्छौँ, कृपया यसपालि राष्ट्रिय जनमोर्चाको चुनाव चिह्न गिलासमा मतदान गर्नुहोस् । अरू दलका हवाई नारा, सपना र झुटा घोषणापत्र, अनि विभिन्न खाले प्रलोभनमा नपर्नुस् । राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई विजयी गराएर आफ्ना प्रतिनिधिको रूपमा पठाउनुभयो भने हाम्रो देश अहिले जुन अवस्थामा छ, त्यसमा कम्तीमा दुई गुणा बढी सकारात्मक परिवर्तन गर्न सक्ने सम्भावना छ । जुन आधार र कारण माथि उल्लेख भइसकेका छन् । यसलाई व्यावहारिक बनाउन आफ्नो अमूल्य मत सही राजनीतिक विचार बोकेको दललाई मत दिन सक्नुपर्छ । यसका लागि अहिलेको उपयुक्त र सही राजनीति बोकेको दल राष्ट्रिय जनमोर्चा नै हो ।

    राष्ट्रिय जनमोर्चाको राजनीति सही त छ नै, उसका नेता र उसले चुनावमा उठाउने उम्मेदवार साथीहरू देश र जनताप्रति इमान्दार छन्, जुन कुरा जनमोर्चाको २०५१ पछिको यो करिब २८ वर्षीय उसको संसदीय इतिहासले प्रमाणित गरिदिएको छ कि यिनीहरू इमान्दार र राम्रा छन् । “जनमोर्चा ठिक छ” यो नेपाली जनताको आवाज हो तर आवाजले मात्र प्रतिनिधित्व र सही बैधता प्राप्त नहुने हुँदा आफ्नो अमूल्य मतदान राष्ट्रिय जनमोर्चाका उम्मेदवारको चुनाव चिह्न गिलासमा मत दिए मात्र बैधता प्राप्त । सोही कारण चुनावमा राष्ट्रिय जनमोर्चाको चुनाव चीन गिलासमा मतदान गरी अरूले के भन्छन् भन्ने कसैको केही नसुनी आफ्नो विवेकको प्रयोग गरी गिलासमा मतदान गर्न जरुरी छ ।

    चुनावको सार्थकता तब झल्किन्छ, जब चुनाव स्वच्छ, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुन्छ र मतदाताले चुनावमा सही ढङ्गले आफ्नो रोजेको उम्मेदवारलाई प्रतिनिधिको रूपमा पठाउन मत प्रदान गर्न सक्छन् । मतदाताको कर्तव्य तब मात्र पूरा भएको हुन्छ, जब ऊ देश र जनताप्रति समर्पित प्रतिनिधि पठाउन सफल हुन्छ । मतदाताले सही राजनीति, विचार र सिद्धान्त बोकेको राजनीतिक दलका उम्मेदवारलाई विजय गर्न सक्नुपर्दछ, तब मात्र मुलुक निर्माणको दिशामा अगाडि बढ्छ र जसले नयाँ आशा र उत्साह प्रदान गर्दै देश समृद्ध बन्ने दिशामा अगाडि बढ्छ ।

    शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.