• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पीएनजीलाई हराउँदै नेपाल फाइनलमा


  •   बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
  • काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनीमाथि ३७ रनको जित निकालेको छ।

    Advertisement

    करण केसीको कीर्तिमानी ह्याट्रिक विकेटसहित घरेलु टोली नेपाल एक खेलअगावै टी२० आई त्रिकोणात्मक सिरिजको फाइनलमा पुगेको हो।

    पपुवा न्युगिनीलाई ३७ रनले पराजित गर्दै सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको हो। योसँगै घरेलु टोली एक खेलअगावै उपाधिनजिक पुगेको छ।

    नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।

    पीएनजी भने पहिलो खेलमा मलेसियासँग ८ रनले पराजित भएको थियो। नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले निर्धारित १९ दशमलव ४ ओभरमा १ सय ६६ रनमा अलआउट भयो।

    नेपालका लागि करण केसी किर्तिमानी ५ विकेट झारे। करणले ह्याट्रिक विकेट लिएपछि नेपालले रोमाञ्चक जित निकालेको हो। करणले अन्तिम ओभरमा दोस्रो, तेस्रो र चौथो बलमा लगातार ३ विकेट झारे। टि २० आईमा ५ विकेट लिने करण पहिलो नेपाली खेलाडी हुन्।

    कीर्तिमानी विकेट लिने क्रममा टि २० आईमा किर्तिमानी ह्याट्रिक विकेट झारेका हुन्। सोमपाल कामी र अविनाश बोहोराले समान २ विकेट लिए। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो।

    तीव्र गतिका बलर करण केसीले सुरुवातमा नै पीएनजीको २ विकेट लिदै नेपाललाई सफलता दिलाएका थिए। करणले दुवै ओपनरलाई १ रनमा पवेलियनको बाटो देखाएका थिए।

    पीएनजीका काल्र्स अमिनीले ६२ र टोनी उराले ४३ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। अमिनी र उरा दुवैलाई सोमपाल कामीले कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।

    सेसे बाउ २५ र नोर्भान भनुवा १७ रनमा आउट भए।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रनको विशाल योगफल तयार पारेको थियो।

    चौथो विकेटका लागि दिपेन्द्र सिंह ऐरि र आदिल अन्सारीले ७६ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपालले पीएनजीसामु विशाल लक्ष्य प्रस्तुत गरेको थियो।

    मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको महत्वपुर्ण योगदान दिए। ऐरीले २९ बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। १७औँ ओभरमा लगातार तीन छक्का प्रहार गरेका दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का हाने।

    दीपेन्द्र १८ औँ ओभरको अन्तिम बलमा लामो सट खेल्ने धुनमा हुँदा क्याच आउट हुन पुगे।

    आदिल अन्सारी ३१ रनमा पवेलिन फर्के। डेब्यु खेलमा नै विष्फोटक ब्याटिङ गरेका आदिलले ११ बलमा १ चौका र ३ छक्का हाने। आदिल १९ औँ ओभरको दोस्रो बलमा एलबीडब्लु धरापमा परे। आदिलले कुशल मल्लको स्थान लिएका हुन्।

    रोहित पौडेलले ४१ रन थपे। रोहित १४ औँ ओभरको दोस्रो बलमा रिले हेकुरेको बलमा सेसे बाउको हातबाट क्याच आउट भए। रोहितले २३ बलमा ४ चौका र २ छक्का हाने।

    पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले ४४ रनको साझेदारी गर्दै नेपाललाई मध्यम सुरुवात दिलाएका थिए।

    ओपनर आशिफ शेखले ३८ रन थपे। २९ बलमा ४ चौका र १ छक्का हानेका आशिफ नोर्मान भानुवाको बलमा सेसे बाउको हातबाट नै क्याच आउट हुन पुगे।

    अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाउँदै पवेलियन फर्के। कुशलले २० बलमा २ चौका हाने।

    पीएनजीका लागि काबुवा मोरिया एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेललमा २९ रन खर्चे। रिले हेकुरेले २ तथा नोर्मान भनुवाले एक विकेट लिए।

    बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.