बागलुङ । राष्ट्रिय जनमोर्चा काठेखोला गाउँपालिका वडा नं. ४ (साबिक तंग्राम ५) को टोल भेला सम्पन्न भएको छ ।
Advertisement
पूर्ण बहादुर थापाको अध्यक्षतामा बिहीबार सम्पन्न भेलामा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सदस्य तिलक थापा, राजमो काठेखोलाका अध्यक्ष लक्ष्मण पुन र सचिव टिकासंगम विकले मन्तव्य दिनु भएको थियो ।
भेलाले थिर बहादुर रानाको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन तंग्राम ५ नं. टोल समिति र विकास थापाको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति, मनरुपी थापाको संयोजकत्वमा ३५ सदस्यीय महिला परिचालन समिति, तुल बहादुर थापाको संयोजकत्वमा ४५ सदस्यीय युवा परिचालन समिति चयन गरेको छ ।