काठमाडौं । १३ औं साग अन्तर्गत बिहीबार नेपालले ७ वटा स्वर्ण जितेको छ । यससँगै नेपालको स्वर्ण संख्या ३६ पुगेको छ । आज नेपालका निमा घर्तीमगरले उसुमा स्वर्ण जितेकी छन् । यस्तै, साइक्लिङ महिला (क्रस कन्ट्री) मा लक्ष्मी श्रेष्ठ, साइक्लिङ क्रस कन्ट्रीमै बुद्धिबहादुर तामाङ, पौडी २०० मिटर फ्रिस्टाइलमा गौरिका सिंहले कीर्तिमानी स्वर्ण जितेका छन् ।
यस्तै, तेक्वान्दो ८७ केजीमा भुपेन श्रेष्ठ, भारोत्तोलन महिला ५९ केजीमा सन्जु चौधरी र उसु महिला ५६ केजीमा जुनी राईले नेपाललाई स्वर्ण पदक दिलाएका छन् ।
सागको पदक तालिका
१३ औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत मेडल तालिकामा नेपाललाई उछिन्दै भारतले अग्रता लिएको छ ।
बिहीबार साँझ ७ बजेसम्मको मेडल तालिकामा भारतले ५४ स्वर्ण, ३५ रजत र १८ कास्य जितेको छ भने नेपालले ३५ स्वर्ण, २५ रजत र ३३ कास्य पदक जितेको छ ।
यस्तै श्रीलंकले १३ स्वर्ण, ३१ कास्य र ५२ रजत गरी ९९ पदक जितेकाे छ । पाकिस्तानले १२ स्वर्ण, २१ रजत २२ कास्य गरी ५५ पदक जितेकाे छ । यस्तै बंगलादेशले ४ स्वर्ण, १० ररजत र ४० कास्य गरी ५४ पदक जितेकाे छ भने माल्दिभ्सले १ स्वर्ण र २ कास्य गरी ३ पदक जितेको छ । भुटानले भने ६ कास्य पदक मात्रै जितेको छ ।