प्यूठान । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार एवम् अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चन्द्रबहादुर केसीले निर्वाचनमार्फत जनताले राष्ट्रघातीहरुलाई तह लगाउने विश्वास व्यक्त गर्नुभएको छ ।
झिमरूक गाउँ पालिका वडा नं ८ को वडास्तरिय प्रशिक्षाणात्मक भेलालाई सम्बोधन गर्दै केसीले एमसीसी जस्तो राष्ट्रघाती प्रावधान सहितको सम्झौताले देशको अस्तित्व समेत धरापमा परेको बताउनुभयो । कांग्रेस र एमालेले राष्ट्रघात गर्नु कुनै अनौठो कुरा होइन भन्दै नेता केसीले आफूलाई अब्बल दर्जाको क्रान्तिकारी भनेर नथाक्ने माओवादी केन्द्रले राष्ट्रघाती सम्झौता अनुमोदन गरेर गम्भीर राष्ट्रघात गरेको बताउनुभयो ।
उहाँले राष्ट्रघातीहरूलाई तह लगाउने दिन फेरि आएकोले वडास्तरबाटै मौकाको सदुपयोग गर्न आव्हान गर्नुभयो ।
भेलाले चुनाव परिचालन समिति गठन गरेको छ । यस्तै, गोपीराम भट्टराईको नेतृत्वमा १५ सदस्यीय व्यवस्थापन समिति र चुनाव प्रचारप्रसार टोल अनुसार झुक्दीटोलमा मधु भारती, देहाल्नाटोलमा ईश्वर बस्नेत, झाला पोखरीमा निमान सिंह विक, टिमुरचौर रातामाटामा यमु खत्री र गब्दी, रातामाटामा बसन्त थापाको संयोजकत्वमा प्रचार प्रसार समिति निर्माण गरेको छ ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य नारायण जिसी, झिमरूक गाउँपालिका अध्यक्ष तथा राजमो लुम्बिनी प्रदेश सदस्य तिलक जिसी, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य भरत ढकाल र शिक्षक संघका जिल्ला सदस्य शंकर बस्नेतले पनि प्रशिक्षणात्मक मन्तव्य दिनु भएको थियोे ।
कार्यक्रमको अध्यक्षता राजमो वडाध्यक्ष हुम बहादुर एमसी, सञ्चालन राम बहादुर महतारा र स्वागत यम बहादुर खत्रीले गर्नुभएको थियोे ।