दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गलत विचार बोक्ने राजनीतिक दललाई साइजमा ल्याउने मौका निर्वाचन भएकोले त्यो मौकाको सदुपयोग गर्नु पर्ने बताउनु भएको छ । राजनीतिक रुपमा गलत बाटो बोकेका दलहरुलाई निर्वाचित गराउँदा देश र जनताले दुःख पाउनु परेको बताउँदै त्यो भुल बारम्बार नगर्नको लागि जनतालाई सचेत गराउनु पर्नेमा जो दिनुभयो ।
राष्ट्रिय जनमोर्चा दाङ देउखुरी अन्तर्गत राप्ती गाउँपालिकामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले निर्वाचनमा मत दिँदा सबभन्दा पहिले त्यो पार्टीको विचार के हो भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । अहिले राजावादी, एमाले र भारतीय साम्राज्यवाद मिलेर नेपालले २०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरुको अन्त्य गरेर प्रतिगामी बाटोमा देशलाई लैजान खोजेको हुनाले उनीहरुलाई जसरी पनि पराजित गर्नु पर्ने बताउनु भयो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले जानेर वा नजानेर आम श्रमजीवी जनताले आफ्नो दुस्मन शक्तिलाइ बलियो बनाउने काम गरेको हुनाले त्यो कुरा जनमोर्चाका कार्यकर्ताले जनतालाइ बुझाउनु पर्ने बताउनु भयो । उहाँले थप्नु भयो, ‘श्रमजीवी वर्गका मजदुर, किसान, दलित जनजाति, उपेक्षित, उत्पीडित जनताले दलाल पुँजीपती वर्गको प्रतिनिधित्व गर्ने एमाले, काङ्ग्रेस, माओवादी जस्ता पार्टीलाई मतदान गर्नु भनेको नै आफ्नो दुस्मनलाई बलियो गराउने कुरा हो ।
राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका अध्यक्ष केसवराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ठाकुर प्रसाद आचार्य र सञ्चालन गिरबहादुर पौडेलले गर्नु भएको थियोे ।
भेलाले प्रेमनारायण आचार्यको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन परिचालन समिति, केसवराज खनालको संयोजकत्वमा २५१ सदस्यीय प्रचार प्रसार समिति, ठाकुर प्रसाद आचार्यको संयोजकत्वमा ११सदस्यीय आर्थिक समिति, कृष्ण आचार्यको संयोजकत्वमा ७ सदस्यीय सञ्चार समिति र बाबुराम थापाको संयोजकत्वमा ९ सदस्यीय स्वम्यसेवक परिचालन समिति निर्माण गरेको छ । भेलाले पालिकाका सबै वाडाहरुका कार्यक्रम तय गरेको छ ।
भेलामा अखिल नेपाल किसान महासंघ का केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, जिल्ला उपाध्यक्ष माधव आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेसमान गुरुङ, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार नरबहादुर केसी, पूर्व जिल्ला कोषाध्यक्ष हुकुम बहादुर बस्नेत, पूर्वजिल्ला सदस्य वीरबहादुर चौधरी, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पूर्णिामा आचार्य, जिल्ला सदस्य कमला बेल्बासे, पालिका अध्यक्ष कृष्णा पोख्रेल, अखिल नेपाल शिक्षक संघ केन्द्रीय प्रतिनिधि डिलाराम पौडेल, जातीय समता समाज प्रदेश सदस्य शान्ती सुनार, रक्तिम सांस्कृतिम अभियानका अनन्त आचार्य, राप्ती उधोग वाणिज्य संघका उपाध्यक्ष बाबुराम थापा, अखिल नेपाल कानुन व्यवसायी संघ केन्द्रीय सदस्य कृष्ण आचार्य, अखिल नेपाल युवक संघका पालिका अध्यक्ष हिमाल एमसी, कतार नेपाली एकता समाजका केन्द्रीय सदस्य हुमाकान्त आचार्य, अखिल नेपाल बुद्धिजीवी संघ जिल्ला सदस्य कृष्ण गिरी, अखिल नेपाल शिक्षक संघ पालिका अध्यक्ष रामकृष्ण पौडेल, अखिल (छैठौं) पूर्वजिल्ला अध्यक्ष ध्रुव बेल्बासे, समय बचत ऋण सहकारी सस्थाका अध्यक्ष प्रेम खनाल, पूर्वस्ववियु सभापती असोक बेल्बासे, यातायात मजदुर संगठनका केन्द्रीय सदस्य विबिष्णु श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियोे ।