कञ्चनपुर । राष्ट्रिय जनमोर्चा कञ्चनपुरले सन्तान गुमाएर दुःखमा परेका कर्ण बहादुर ऐरको परिवारलाई सहयोग गरेको छ।
Advertisement
बेलडाँडी गाँउपालिका १ झर्नासागरका ऐरलाई राजमो जिल्ला सचिव अहिमान थापा र अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला अध्यक्ष राजकुमार चौधरीले सहयोग गर्नुभएको हो ।
शुक्रबार नेताद्वय थापा र चौधरीले ऐरलाई तीन हजार रुपैयाँ आर्थिक सहयोगसहित सान्त्वना दिनुभएको राजमो कञ्चनपुरले जनाएको छ ।
आर्थिक रुपमा दयनीय अवस्थामा रहेको किरियापुत्री ऐर परिवारको शोकलाई शक्तिमा बदल्नका लागि पार्टीका तर्फबाट सान्त्वना सहयोग गरेको राजमो जिल्ला सचिव थापाले बताउनुभयो ।
कर्ण बहादुर ऐरका जेठा छोरा दिपेन्द्र सिंह ऐरको उपचारका क्रममा हालै निधन भएको थियो । छोरा गुमाएको विपन्न ऐर परिवार स्थानीय झर्ना खोलाबाटसमेत पीडित छ ।