दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चा लमही नगर समिति अन्तर्गत वडा न. १ वडा समितिले टोल टोलमा संगठन निर्माण गर्ने तयारी गरेको छ ।
Advertisement
अध्यक्ष दुर्गादत्त अधिकारीको अध्यक्षतामा बसेको बैठकले चैत १६ गतेदेखि २१ गतेसम्म टोल भेला गर्ने निर्णय गरेको हो ।
यस्तै, समितिले कुलचन्द्र पोख्रेलको संयोजकत्वमा चुनाव परिचालन समिति गठन गरेको छ भने नरबहादुर दर्लामीलाई प्रचारप्रसार समिति संयोजकको जिम्मेवारी दिएको छ ।
बैठकले लमही नगरपालिकाको वार्ड नं १ मा वडा सम्पर्क कार्यालय खोल्ने निर्णयसमेत गरेको छ ।
यही चैत १४ गते जिल्ला सचिव वसन्त पौडेलले सम्पर्क कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको राजमो लमही नगर सचिव लेखराज आचार्यले जानकारी दिनुभयो ।