काठमाडौं । अखिल (छैठौं) ले आगामी स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई विजयी गराउन संगठनलाई व्यापक परिचालन गर्ने निर्णय गरेको छ ।
यही चैत ८ र ९ गते बसेको बैठकले राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई विजयी बनाउन संगठनलाई व्यापकरुपमा परिचालन गर्ने निर्णय गर्नूका साथै त्यसका लागि केही नेता कार्यकर्ताहरुको जिल्लागत जिम्मा हेरफेर गरेको अध्यक्ष देवेन्द्र कुँवरले बताउनुभयो ।
अखिल (छैठौं) ले एमसीसी संसदबाट पास गरेर राष्ट्रघात गरिएको ठहर गर्दै एमसीसीको र संघीयताको खारेजी एवम् प्रतिगमनको खतराका विरुद्ध संघर्ष गर्नुपर्नेमा जोड दिएको छ ।
बैठकले सचिवालय सदस्यमा पुरन पोखरेल (काठमाडौं) लाई चयन गरेको छ भने रिक्त पुर्ण सदस्यमा जीवन नेपाली (अर्घाखाँची) र वैकल्पिक सदस्यमा टेकराज भुसाल (रुपन्देही) लाई चयन गरेको छ ।
यस्तो छ वक्तव्य
अखिल (छैठौं) केन्द्रीय समितिको बैठक २०७८ चैत्र ८ र ९ गते वुटवलमा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।
१) देशको राष्ट्रियता र गणतन्त्र फेरि गम्भीर स्थितिमा पुगेको छ । एकातिर एमसिसीलाई संसदवाट पास गरेर ठूला दलहरुले राष्ट्रघात गरेका छन् र त्यसले देशको राष्ट्रियता माथी गम्भीर खतरा उत्पन्न भएको छ । अर्कोतिर देश कुनै पनि बेला प्रतिगमनको दिशामा जाने र त्यसले आन्दोलनबाट प्राप्त उपलब्धिहरु खासगरि गणतन्त्र तथा धर्मनिरपेक्षता समेत गुम्ने खतरा कायम छ । यो स्थितीमा हाम्रो संगठनले यी दुबै खतराहरुको विरुद्ध व्यापकरुपमा आन्दोलित र संघर्षरत हुनुपर्ने कुरामा जोड दिन्छ ।
२) आसन्न स्थानीय तहको निर्वाचनमा अखिल (छैठौं) ले राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई विजयी बनाउन संगठनलाई व्यापकरुपमा परिचालन गर्ने निर्णय गरेको छ । त्यसको लागी केही साथीहरूको जिल्लागत जिम्मा हेरफेर भएको छ ।
३) बैठकले संगठन सम्वन्धी केही निर्णयहरु गरेको छ । संगठन विरुद्ध काम गरेका सचिवालय सदस्यलाई निष्कासन गरि रिक्त सचिवालय सदस्यमा पुरन पोखरेल (काठमाडौं) लाई चयन गरेको छ । रिक्त पूर्ण सदस्यमा जीवन नेपाली (अर्घाखाँची) र वैकल्पिक सदस्यमा टेकराज भुसाल (रुपन्देही)लाई चयन गरिएको छ ।
४) बैठक सौहार्द्धपूर्ण वातावरणमा भव्य र सानदाररुपमा सम्पन्न भएको छ ।
अध्यक्ष
देवेन्द्र कुँवर
२०७८ चैत्र १०