प्युठान । प्युठानको गौमुखी गाउँपालिका वडा नं ५ खुङमा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न भएको छ ।
Advertisement
बिहीबार भएको भेलालाई अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसीले प्रशिक्षण सहित सम्बोधन गर्नुभएको थियो ।
भेलाले १०५ सदस्यीय निर्वाचन प्रचार प्रसार मूल समिति निर्माण गरेको छ।
बरुणध्वज मल्लको सन्चालनमा अघि बढेको सो कार्यक्रमको अध्यक्षता कर्णबहादुर कुँवरले गर्नुभएको थियो ।
भेलालाई अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीर बहादुर जिसि र नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेलेसमेत सम्बोधन गर्नुभएको थियो ।