बेल रजाली, जयपुर ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सदस्य डम्मर थापाको निधन भएको छ ।
मूल प्रवाह नगर समिति जयपुर दक्षिणका कलाकार कमल थापाका सहोदर माइला दाजु तथा सुनिता थापाका जेठाजु डम्मर थापाको नवलपरासी कावासोति लौकाहास्थित आफ्नै निवासमा निधन भएको हो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर दक्षिणका कलाकार कमल थापाका सहोदर माइला दाजु तथा सुनिता थापाका जेठाजु हुनु हुन्छ ।
४० वर्षीय थापा विगत केही वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।
उहाँहरु तनहुँको भिमाद नगरपालिका, रजिडाँडाबाट बसाई सरी हाल कावासोतीमा सपरिवार बस्दै आउनु भएको थियो ।
जयपुरमा संगठन विस्तार गर्ने क्रममा उहाँका भाइ तथा बुहारी कमल र सुनिताले लामो समयसम्म विद्यार्थी र कलाकारिताको क्षेत्रमा काम गर्नु भएको छ भने बुवा पदम सिंह थापा र आमा तिर्थ देवी थापाको पनि मूल प्रवाह र महिला विभागमा योगदान रहेको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दिवंगत डम्मर थापाप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।