महेन्द्रनगर । कञ्चनपुरमा राष्ट्रिय जनमोर्चाप्रति युवाहरुको आकर्षण बढ्दै गएको छ । चुनाव नजिकिँदै गर्दा विभिन्न दलले दिने आश्वासन र प्रलोभन अस्वीकार गर्दै युवाहरुले राजमोलाई समर्थन गरेका छन् ।
सोही क्रममा भीमदत्त नगरपालिका वडा नं ९ खल्ला मुसेट्टीका एक दर्जन युवा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन्।
स्थानीय युवाहरु लक्ष्मण लोहार, कैलाश धामी, श्याम कार्की, सागर लावड, रमेश प्रसाद पाण्डे, विष्णु लोहार लगायतका युवाहरु राजमोमा प्रवेश गरेका राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव लालबहादुर कुँवरले जानकारी दिनुभयो ।
नवप्रवेशी युवाहरुले राजमो कार्यालय सचिव कुँवर, राजमो भीमदत्त नगर समितिका सचिव करन कार्की, ९ नं वडा समितिका उपाध्यक्ष वीरबहादुर बुढालगायतले स्वागत गर्नुभएको थियो । यसअघि सो वडामा दर्जनौं व्यक्तिले राजमोको सदस्यता लिएर भेला सम्पन्न गरेका थिए ।
भेलाले दिलबहादुर कार्कीको अध्यक्षतामा वडा समिति चयन गरेको थियो ।
यस्तै, हालै वडा नं १५ मा नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षक धनदेव नाथलगायतको टिम राजमोमा प्रवेश गरेका छन् । सो वडामा पनि नवप्रेशी सहितको भेलाले वडा समिति चयन गरेको थियो ।