खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्वारा सञ्चालित मोहाली एरिया समिति अन्तर्गत मोहाली सेक्टर ११७ मा मूल प्रवाहको टोल समिति गठन गरिएको छ।
मोहालीमा आयोजित नेपालीहरुको भेलामा केन्द्रीय सदस्य दिनेश खड्काले मूल प्रवाहको विधान घोषणा–पत्र र विभिन्न समसामयिक विषयहरुमा स्पष्ट पार्नुभएको थियो । भेलाले ११ सदस्यीय ‘विहानी टीडीआई’ टोल समिति गठन गरेको थियो । समितिको घोषणा नगर उपाध्यक्ष तथा एरिया अध्यक्ष बालाराम न्यौपानेले गर्नुभएको हो ।
समितिको अध्यक्ष गणेश शर्मा, सचिव दिपक विक, कोषाध्यक्ष प्रेम नेपाली, सदस्यहरुमा योगेद्र विक, बालाराम विक, लक्ष्मण नेपाली, चक्र नेपाली, खगेन्द्र नेपाली, गौरेलाल विक, रन बहादुर विक र भिम विक रहनु भएको छ।
कार्यक्रम गणेश शर्माको अध्यक्षता तथा दिपक विकको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत प्रेम नेपालीले गर्नु भएको थियो ।

