खिमराज चालिसे, चंडिगढ ।
गत १५ मार्चको ह्रदयघातका कारण ज्यान गुमाएका मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पटियाला नगर समितिका सक्रिय सदस्य थमन बहादुर थापाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
मूलप्रवाह नगर संगठन समिति पटियालाको आयोजनामा सम्पन्न श्रद्धाञ्जली सभामा उहाँको योगदानको चर्चा गर्दै बोल्ने वक्ताहरूमा मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौड्याल, केन्द्रीय परिषद सदस्य एवम् नगर अध्यक्ष विष्णु भुसाल, पशुपति सेवा समाज पटियालाका चिन्तामणि शर्मा, मृतकका आफिस स्टाप एएसआई दलवारा सिंह लगाएत हुनुहुन्थ्यो ।

श्रद्धाञ्जली सभा मूल प्रवाहका केन्द्रीय सल्लाहकार प्रेम आचार्यको सञ्चालनमा तथा मृतककी पत्नी ईश्वरा थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थित सबैले मृतक थापाको फोटोमा माल्यार्पण गर्नुका साथै एक मिनट मौनधारण गरी श्रद्धाञ्जली दिइएको थियो ।