उद्धव मगर, कतार ।
लुम्बिनी प्रदेश समन्वय परिषद कतारले दोस्रो अधिबेवेशन गर्ने भएको छ । अधिवेशन आगामी १ अप्रिल २०२२ का दिन अल दोसरी जु सहानियामा हुने छ ।
Advertisement
‘हामी प्रदेसीको चाहाना, समृद्ध प्रदेश हाम्रो कामना’ भन्ने मूल नाराका साथ २०१८ मा स्थापना भएको यस संस्थामा पाल्पा, गुुल्मी, अर्घाखाँची, प्युठान, दाङ्ग, रोल्पा, कपिलबवस्तुु, रुपन्देही, नवलपरासी जिल्लाका प्रवासी आवद्ध छन्, जस्को नेतृत्व बुद्ध पाण्डेको गर्नुभएको छ ।
परिषदले विभिन्न समयमा देशमा भैपरी आउने दैवि प्रकोपमा आर्थिक सहयोग गर्दै आएको छ ।
कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको संस्थाका महासचिव डिल्लीराम भट्टराईले जानकारी दिनुभयो । कतारमा स्थापति विभिन्न संघ संस्था तथा लुम्बिनी प्रदेशबाट कतारमा रहेका सबैलाई कार्यक्रममा उपस्थितिका लागि आग्रह गरिएको छ ।